ठगको लीला : ताजमहलदेखि आइफेल टावरसम्म सुटुक्कै बेचबिखन | Khabarhub Khabarhub

ठगको लीला : ताजमहलदेखि आइफेल टावरसम्म सुटुक्कै बेचबिखन

आफ्नै नामको सिनेमाबाट रोयल्टी असुल



‘मैले जीवनको पहिलो ठगी कलकत्तामा गरेँ। भारत स्वतन्त्र हुनुपूर्वको कुरा हो। म त्यहाँ एउटा सेठको बच्चालाई ट्यूसन पढाउँथें। म त्यहाँ पढ्न गएको थिएँ। मेरो घरायसी अवस्था कमजोर थियो। मलाई आइकमको परीक्षा दिनु थियो। तर मसँग परीक्षा शुल्क तिर्ने पैसा थिएन। एकदिन मैले सेठलाई यसका लागि ६० रुपियाँ किस्ताबन्दीमा काट्ने गरी पेश्की मागें। तर उसले इन्कार गर्दै भन्यो- ‘यसरी मैले माग्ने जति सबैलाई पैसा बाँड्दै जाने हो भने केही दिनमै कङ्गाल हुनेछु।’ अनि मैले त्यसैदिन प्रतिज्ञा गरेँ- ‘यो सेठलाई कंगाल बनाउँछु। त्यो परीक्षाका लागि विहारबाट त्यहाँ आएर काम गर्ने रिक्सा र ठेलावालासँग चन्दा उठाएर पैसा जम्मा गरिदिएँ। यसपछि परीक्षा दिने बाटो सहज भयो।’

म त्यस सेठको बच्चा पढाउँदै थिएँ। एकदिन मेरो मनमा एउटा उपाय फुर्यो। त्यसबखत कपडा व्यापार एकदमै चल्तीमा थियो। त्यही समय अचानक कुनै कारण कपडाको मूल्य अचानक वृद्धि भयो। म सेठकोमा पुगेर भनें- ‘बम्बैमा एउटा कपडा व्यापारी आएको छ। सस्तो मूल्यमा कपडा दिनसक्छ। यो अवसरको फाइदा उठाउनु भयो भने रातारात करोडपति बन्न सक्नुहुनेछ।’

लोभीहरुको संसारमा ठग कहिल्यै मर्दैन भने झैं उसको प्रस्तावले सेठ अत्यन्त प्रफुल्लित देखियो।

लोभीहरुको संसारमा ठग कहिल्यै मर्दैन भने झैं उसको प्रस्तावले सेठ अत्यन्त प्रफुल्लित देखियो। त्यो व्यक्तिसँग तुरुन्त भेट्टाउन सेठले आग्रह ग-यो। भित्रभित्र मलाई हाँसो उठिरहेको थियो- ‘कुनै मान्छे भए पो भेट्टाउनु ?’ तर भोलिपल्ट सेठलाई मैले ऊ जरुरी कामले बम्बई फर्किसक्यो। उतै आउनु उतै भेटौंला भनेको छ भनेर ढाँटे। अनि सेठले दुई लाख रुपियाँ आफ्नो मुनिमलाई दिएर मसँग बम्बई पठायो। मुनिमसँग बम्बई पुगें। त्यहाँ हामी माधव आश्रम होटलमा बस्यौं। मुनिमलाई होटलमै राखेर म कपडा मिल चाहार्न निस्किएँ। एउटा मिलमा पसेर त्यहाँका सबै गौंडा र बाटाहरु पहिचान गरी होटल फर्किएँ। त्यसपछि मुनिमलाई एजेन्ट भेट्टाउन लिएर हिँडे।

मुनिमले लिएर आएको पैसा कालोधन थियो। मुनिम त्यतिका पैसा बोकेर हिँड्न डरायो। अनि पैसाको थैलो बोकेर म मिलभित्र छिरेर अर्को बाटोबाट टाप कसें। त्यहाँबाट रेलवे स्टेसन पुगेर टिकट काटेँ। रेल चढेर आफ्नै गाउँ पुगेँ। सबै रुपियाँ घरमा दिएँ। त्यही पैसाले केही विगाह जग्गा किनेँ। केही दिनको घर बसाईपछि फेरि कलकत्ता फर्किएँ। यो सफलतासँगै ठगीधन्दाले निरन्तरता पाइरह्यो।

भारतको कुख्यात ठग जसको बारेमा कयौं समाचार, फिल्म मात्र बनेको छैन ऊ एउटा ठगीको पर्याय बनेर चिरपरिचित बनेको छ। उसको वास्तविक नाम मिथिलेस कुमार श्रीवास्तव थियो।

मुनिमले लिएर आएको पैसा कालोधन थियो। मुनिम त्यतिका पैसा बोकेर हिँड्न डरायो। अनि पैसाको थैलो बोकेर म मिलभित्र छिरेर अर्को बाटोबाट टाप कसें।

नटवरलालको ठगी, ठगी नभएर संस्कृति जसरी परिचय पाएको छ। अरु त अरु ठग पक्रिने पुलिस समेत उसको ठगीमा परेका छन्। कतिपय घट्नामा पक्राउ परे पनि ऊ यसरी उम्किन्थ्यो कि पुलिसले पत्तै पाउँदैनथ्यो। ठगको संसारमा नटवरलाल पात्र मिथक बन्न सफल भयो।

एकपटक कर्नाटक राज्यको एक रेलवे गोदाम अधिकारीका अघिल्तिर लक्ष्मीनारायण अग्रवाल नामको मानिस गयो र मुजफ्फरपुरबाट आएका २३५ बोरा चिनी दिनुस् भनेर रसिद देखाउँदै छुटाएर लग्यो। यसको मूल्य ८३ लाख बराबरको थियो। तर उसले छुटाएर लगेको केही समयमै अर्को लक्ष्मीनारायण त्यस्तै रसिद लिएर, त्यही चिनी लिन आयो। त्यसपछि त त्यो गोदाम अधिकारीको टुप्पीबाट धुँवा छुट्यो। वास्तवमा लक्ष्मीनारायण बनेर चिनी हत्याउने त्यही नटवरलाल थियो।

नटवरलालले इन्दौरस्थित युनाइटेड कमर्सियल बैंकबाट साढे चार लाख रुपियाँ ठगी ग-यो। यसका लागि बैंक म्यानेजरलाई विश्वास दिलाउन बैंकमा एक लाख जम्मा गरेर खाता खोल्यो। वाकपटुताले यसअघि नै उसले म्यानेजरलाई मोहजालमा पारिसकेको थियो। नक्कली हुण्डी र रेलवे रसिद देखाएर साढे चार लाख रुपियाँ कुम्ल्याएर ऊ कुलेलम ठोक्यो।

१ जुलाई १९८६ का दिन लखनऊ चोकस्थित ‘मेमर्स गुलाबराय गोविन्दप्रसाद ज्वेलर्स’मा एक भलाद्मी र धनाढ्य व्यक्तित्व भएको एक व्यक्ति गाडी रोकेर ओर्लियो। उसले आफूलाई पसलेसँग ‘म उत्तरप्रदेश मुख्यमन्त्रीको निजी सचिव एसएस शरण’ भनेर परिचय दियो। त्यहाँ ४५ हजार रुपियाँका आभूषण छान्यो। उसले छानेका आभूषण भोलिपल्ट सचिवालयको एक नम्बर गेटमा लिएर आउन र त्यहीँ भुक्तानी दिने आश्वासन दियो। मालिकले भोलिपल्ट आफ्नो विश्वासिलो कर्मचारीको हातमा ती आभूषण पठायो। नभन्दै कथित शरण एक नम्बर गेटमा भेटियो।

ऊ एउटा नयाँ र भव्य गाडीमा सवार थियो। कर्मचारीले सम्बन्धित व्यक्तिको हातमा आभूषण राखिदियो। शरणले अघिल्लो दिन भने बमोजिम ४५ हजार रुपियाँको बैंक ड्राफ्ट लिएर ढुक्कसँग फर्कियो। मुख्यमन्त्रीको निजी सचिवसँग गरिएको कारोबारप्रति सबै आश्वस्त थिए। जब ड्राफ्ट साट्न लगियो, अनि भेद खुल्यो- त्यो त जाली पो रहेछ।

घटनाको अर्को एउटा पहेली छ। कुनै एक दिन दिल्लीस्थित पार्लियामेन्ट स्टेटको सुरेन्द्र वाच कम्पनी अघिल्तिर एउटा गाडी आएर रोकियो। गाडीबाट भद्रजस्ता देखिने मानिस ओर्लिएर पसलेलाई भने- ‘म मन्त्री नारायणदत्त तिवारीको सचिव डीएस तिवारी हुँ। उसलाई एकमुष्ट केही घडी किन्नुपरेको छ।’ अनि ३२ हजारमा थुप्रै घडी लिएर हिँड्यो। पछि यो प्रकरणमा पनि नटवरलाल रहेको मुखुण्डो खुल्यो।

नटवरलालका सन्दर्भमा एउटा रमाइलो प्रसंग छ। एकपटक रेलयात्रामा एक प्रौढ व्यक्ति एक हस्तरेखा ज्ञाताको छेउमा बस्यो। हस्तरेखा ज्ञाताको आँखा अचानक त्यो प्रौढको हातमा प-यो। ऊ झस्कियो। उसले आफ्नो छेउमा बसेको प्रौढलाई भन्यो- ‘क्षमा गर्नुस् मेरो तपाइँसँग चिनजान त छैन, तर पनि एउटा कुरा गर्ने धृष्टता गर्दैछु। त्यो के भने तपाईंका हस्तरेखा कुनै ठूलो जालसाझी मानिसका जस्ता छन्। यस्ता रेखाहरु त नटवरलाल ठगको मात्र हुनसक्छ। तपाईं यसलाई अन्यथा नठान्नुहोला। मेरो अध्ययन गलत पनि हुनसक्छ।’

त्यो मानिसले मुस्कुराएर भन्यो-‘अहिलेसम्म त गरिएको छैन, अब के गरिन्छ थाहा छैन। यतिकैमा कुरा टुंगियो। केही छिनपछि त्यो ज्योतिष बाथरुम छि-यो। फर्कंदा त्यो प्रौढ थिएन। उसले आफू बसेको सिटमा एउटा सानो चिट लाईटरले थिचेको अवस्थामा पायो। खोलेर हे-यो। चिटमा लेखिएको थियो- ‘बन्धु , म तपाईंको ज्योतिष विद्याबाट पराजित भएँ। तपाईंले अनुमान गरेको नटवरलाल म नै हुँ।

नटवरलाल ठगी मात्र गर्दैनथे। ठगीबाट कमिएको पैसा अनाथ, बालबालिका र बृद्धबृद्धाको हितमा उपयोग गर्थे। कति पैसा त दानपुन्यमा लगाए। मन्दिर बनाए, पुराना मन्दिरको जीर्णोद्धार गरे।

नटवरलाल ठगी मात्र गर्दैनथे। ठगीबाट कमिएको पैसा अनाथ, बालबालिका र बृद्धबृद्धाको हितमा उपयोग गर्थे। कति पैसा त दानपुन्यमा लगाए। मन्दिर बनाए, पुराना मन्दिरको जीर्णोद्धार गरे। भारतका प्रसिद्ध अभिनेता अमिताभ बच्चनद्वारा अभिनित मी. नटवरलाल उनै नटवरलालको जीवनवृत्तमा आधारित फिल्म थियो। फिल्म बनेपछि नटवरलालको प्रतिक्रिया थियो- ‘त्यो फिल्मबाट निर्माता निर्देशकले धेरै पैसा कमाए। मैले उसलाई कमिसनका लागि सूचना गरेको थिएँ। रोयल्टीवापत मलाई तीन लाख रुपियाँ पठाइदियो।’

जेलजीवनमै उसको देहान्त भयो। अलिअलि अंग्रेजी पनि बोल्ने र निकै रसिलो नटवरलालसँग कुराकानी गर्दा जो पनि प्रभावित हुन्थ्यो। आफ्ना तिनै गफबाट उसले मानिसलाई झुक्याउँथ्यो। उसले कैयन् ठूला व्यापारीलाई ठगेको थियो।

नटवरलालले भारतको ताजमहल, लालकिल्ला र राष्ट्रपति भवन समेत बेचेको थियो। तत्कालीन भारतीय राष्ट्रपतिको किर्ते हस्ताक्षर गरेर उसले ती भवन तथा स्मारकहरु विदेशी नागरिकलाई बिक्री गरेको खुल्यो। चोरी, ठगी, जालसाजी लगायतका अभियोगमा नटवरलालमाथि भारतका विभिन्न ८ राज्यमा गरी १ सय बढी मुद्दा चलेका थिए।

नटवरलाल भन्ने नाम प्रायः जनजिब्रोमा प्रचलित नाम नै हो। उक्त व्यक्तिको बारेमा धेरैलाई थाहा नहोला तर हामीकहाँ पनि कोही ठग वा फटाहालाई उपमा दिनुपरेमा नटवरलाल नै भन्ने गरिन्छ।

दन्त्यकथाको पात्र झैं लाग्ने उसले भन्ने एउटै वाक्य अमर छ- ‘नटवरलाल नामको कुनै व्यक्ति छैन, त्यो त केवल प्रतीक मात्र हो। दुनियाँमा जबसम्म लालच रहन्छ, तबसम्म नटवरलालको अस्तित्व जीवित रहन्छ।’ नटवरलाल भन्ने नाम प्रायः जनजिब्रोमा प्रचलित नाम नै हो। उक्त व्यक्तिको बारेमा धेरैलाई थाहा नहोला तर हामीकहाँ पनि कोही ठग वा फटाहालाई उपमा दिनुपरेमा नटवरलाल नै भन्ने गरिन्छ।

आईफेल टावर बेच्ने अर्को ठग
फ्रान्सको पेरिस जोकोहीका लागि आइफेल टावर अवलोकन पहिलो र अन्तिम भोक हुनपुग्छ। यस टावरका निर्माता एक व्यवसायिक इन्जिनीयर अलेक्सान्द्र गुस्ताफ एफिल हुन। जसलाई स्टील वास्तुकलामा विशेष मोह थियो। ९८४ फिट अग्लो र ७३ सय टन स्टीले बनेको यो टावर युरोपकै साख हो। यस्तो दुर्लभ धरोहर बेच्न सकिन्छ भन्ने ठगीधन्दा विश्व प्रख्यात जोडी भिक्टर लुस्तिग र रोबर्ट आर्थर टर्बिलोले प्रमाणित गरेर देखाइसकेका छन्।

सन् १९२५ मा अर्का ठग नेल्सनकालम, बकिंघम प्यालेस र विगबेनटावर बेच्न सफलता पाएका थिए। त्यही साल यो जोडीको आँखा आइफेल टावरमा प-यो। एकदिन भिक्टर लुस्तिग जो चेकोस्लोभाकियामा जन्मिएका थिए, उनको मनमा कुनै कम अनुभवी र लालची व्यक्तिसँग एउटा ठूलो धनराशी ठग्ने विचार आयो। भिक्टर लुस्तिग जसले ठग्ने काममा धेरै नाम कमाइसकेको थियो। उसले आफ्नो जीवनको सुरुवात ससाना अपराधहरुबाट गरेको थियो। ऊ मानिसको प्रत्येक स्वभावदेखि परिचित मानिसको गोपनीय रहस्य धुत्न सफल थियो।

एकदिन बानीअनुसार नै पत्रपत्रिकाका पानाहरु पल्टाएर हेर्दै थियो। अचानक उसको आँखा एउटा रिपोर्ट माथि पुग्यो, जसमा आइफेल टावरको निर्माण भएको समयका साथसाथै कमजोर हुँदै गएको र त्यसको जिर्णोद्धार गर्न जरुरी भएको सम्बन्धमा के गर्ने भन्ने कुरा विशेषज्ञसँग छलफल भइरहेको बारे लेखिएको थियो। त्यो रिपोर्ट पढेपछि लुस्तिगको अनुहारमा अर्कै किसिमको मुस्कान छायो। उसले एउटा योजना बनाउने अठोट ग-यो।

त्यहीबेला उसको साथी टर्बिलो पनि त्यहीँ आइपुग्यो। टर्बिलो जो फ्रेन्च नै थियो, अनेकौं ठगी चतुर्याइँमा प्रसिद्ध थियो। अनि त्यस्तै अपराधमा उसले चार वर्षसम्म जेलको हावा खानुपरेको थियो। आफ्नै पेशाको मित्र भएको हुनाले लुस्तिगले यस योजनाका विषयमा टर्बिलोलाई बेलिविस्तार लगाउँछ। अनि निष्कर्ष निकाल्छ।

जसअनुसार पहिलो लुस्तिग एक काउन्ट बन्छ। जसमार्फत उसले डाक मन्त्रालयले छापेर तयार पारेको लेटरहेड प्राप्त गर्नेछ। जुन उसले हातमा लिएको हुन्छ। लेटरहेड प्राप्त गरेपछि लुस्तिग योजनाअनुसार एक वरिष्ठ अधिकारीको भूमिका निर्वाह गर्नेछ। जसलाई फ्रान्स सरकारले टावरको बिक्री गर्ने काम सुम्पेको हुन्छ। त्यसपछि उनी पेरिसका पाँच ठूलो स्टील व्यापारीहरुलाई चुन्नेछन्।

तिनीहरुलाई उसले आफ्नो अफिसमा बोलाएर आइफेल टावर बेच्ने सरकारको निर्णय अवगत गराउँछ। त्यसपछि व्यापारीले आआफ्नो तर्फबाट टेण्डर भर्नेछन्। लुस्तिगलाई ऊ तिनीहरुबाट विश्वास जित्न असफल हुनेछन। उनी तिनीहरुबाट बचन लिनेछन् कि सबै कुरा गोप्य रहोस्। लुस्तिगले योजना मुताविक मन्त्रालयको सचिवको भूमिका निर्वाह गर्न टर्बिलोलाई जिम्मा दिन्छ। जसले पाँच जना व्यपारीलाई एक विशाल घरको प्रबन्ध गरेर लुस्तिगसँग भेट्टाउन त्यहाँ ल्याउने छन्। र तिनीहरुको राम्रो स्वागत गरेर उनीहरुको मन जित्न सफल हुनेछन।

योजनाअनुसार फ्रान्सका पाँचै स्टील व्यापारीहरु कहाँ मन्त्रालयको लेटरहेडबाट निमन्त्रणा पुग्छ। जसमा एउटा अत्यन्त निजी रुपमा भेट्न अनुरोध गरिएको हुन्छ। निमन्त्रणाअनुसार व्यापारी आउँछन्। तिनीहरुको मन जित्न सफल हुन्छन्। व्यापारीलाई टावर बनेको ७३ हजार टन स्टील बेचेर थुप्रै पैसा कमाउन सकिन्छ भन्ने लाग्छ। जब व्यापारी छलफल गरेर फर्किन्छन्, तब लुस्तिग र टर्बिलो आपसमा कुरा गरेर उनीहरुलाई पाँचमध्ये सबैभन्दा बेबकुफ लागेको आन्द्रे पायसन नामक व्यापारीलाई ठग्ने योजना बनाउँछन। चाँडै नै ठूलो मान्छे बन्ने र धेरै पैसा कमाउने लालसा हुन्छ। र, भित्रै व्यापारीद्वारा भरिएको टेण्डर लुस्तिग कहाँ पुग्छ। केही दिनपछि आन्द्रे पायसनलाई लुस्तिगले अफिसमा बोलाएर उनको टेण्डर सर्वाधिक उत्कृष्ट भएको सुनाउँछन। लुस्तिगले पायसनको सामुन्य एउटा प्रस्ताव पनि राख्छन्, जसमा त्यो योजनालाई अघि बढाउन केही खर्च गर्नुपर्ने हुन्छ।

पायसनको लागि यो कुनै ठूलो कुरा थिएन। उ त्यो प्रस्तावमा सहमत हुन्छ। सर्तको रकम तत्काल हात लगाउँछ। रकम पाएपछि लुस्तिग र टर्बिलो त्यहाँबाट भाग्न सफल हुन्छन्। दुई दिनपछि पायसनलाई टावरको बिक्री रसिद प्राप्त हुन्छ। त्यसमा आइफेल टावर उनको भएको र जतिबेला पनि भत्काउन सकिने सूचित गरिएको हुन्छ। दुवैजना केही समयका लागि अन्तरध्यानमा जान्छन। फेरि पेरिस फर्किन्छन्। उनीहरु एउटा महामूर्खलाई जालमा फसाएर ठूलो धनराशि हात पार्न सफल हुन्छन्। उसले पछि थाहा पाउँछ रहस्य। तर त्यतिबेला अबेला भइसकेको हुन्छ। ठग भागिसकेका हुन्छन्।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  १० : १० बजे

सृष्टिसँगै त्रिशूलीमै बग्यो यादव परिवारको सपना

बारा – कलैया उपमहानगरपालिका–१४ निवासी २६ वर्षीया सृष्टि यादव शुक्रबार

खान युनिसमा इजरायली आक्रमणमा कम्तिमा ७१ जना प्यालेस्टिनीको मृत्यु

गाजा – गाजाको दक्षिणमा रहेको खान युनिस सहरको मावासी क्षेत्रमा

पश्चिमी सीमासम्म जोडियो कालोपत्र सडक

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका-११ गड्डाचौकीस्थित नेपाल-भारत अन्तर्राष्ट्रिय सीमासम्म कालोपत्र

दादुराले अफगानिस्तानमा एक सय ६० जनाको मृत्यु

काबुल – अफगानिस्तानमा पछिल्लो छ महिनामा दादुराका कारण कम्तीमा १६०

भानुभक्तीय रामायण वाचन प्रतियोगिता सम्पन्न

तनहुँ – दुई सय ११औँ भानुजयन्तीका अवसरमा तनहुँको व्यास नगरपालिका–१