वीरगन्ज महानगरले ल्यायो २ अर्ब ८९ करोडको बजेट « Khabarhub

वीरगन्ज महानगरले ल्यायो २ अर्ब ८९ करोडको बजेट


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१-०८२ का लागि २ अर्ब ८९ करोड ४८ लाखको बजेट ल्याएको छ । नगर सभामार्फत उपमेयर इम्तेयाज आलमले आगामी आर्थिक वर्ष ०८१-०८२ का लागि २ अर्ब ८९ करोड ४८ लाखको बजेट प्रस्तुत गरेका हुन् ।

चालू आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि महानगरपालिकाले ६२ करोड कम बजेट ल्याएको छ । चालू आर्थिक वर्षमा महानगरले ३ अर्ब ५१ करोडको बजेट ल्याएको थियो । 

उपमेयर आलमले चालु आर्थिक वर्षमा समानीकरण अनुदान रकम अन्तिम त्रैमासिकको २५ प्रतिशत रोक्का रहेको र घरजग्गा रजिस्ट्रेसन आयस्रोत समेत घटेको कारणले आगामी आर्थिक वर्षका लागि बजेटको आकार घटाउनु परेको बताए ।

नगर सभामा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा चालू खर्चतर्फ २ अर्ब ४ करोड ६६ लाख अर्थात ७०.७ प्रतिशत राखिएको छ भने पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख ८ हजार अर्थात २८.१ प्रतिशत बजेट विनियोजन गरिएको छ । 

आगामी आर्थिक वर्षका लागि महानगरले खर्च व्यहोर्ने स्रोतहरूमध्ये आन्तरिक राजश्वबाट ७९ करोड ७५ लाख, सङ्घीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब, २७ करोड ९० लाख, सङ्घीय राजश्व बाँडफाँडबाट २६ करोड ८० लाख छुट्ट्याएको छ ।

त्यसैगरी प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड ३५ लाख, प्रदेश राजश्व बाँडफाँडबाट २ करोड २८ लाख र नगद मौज्दातबाट १० करोड खर्च व्यहोर्ने गरी बजेट व्यवस्थापन गरिएको उपमेयर आलमले बताए ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  २ : ३६ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन