इटालीको डुंगा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो « Khabarhub

इटालीको डुंगा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इटालीको तटरक्षकले यस हप्ताको सुरुमा दक्षिणी तटमा भएको आप्रवासी जहाज दुर्घटनामा थप १४ जनाको शव फेला परेसँगै र मृतकको सङ्ख्या ३४ पुगेको पुष्टि गरेको छ। 

‘यस हप्ताको सुरुमा क्यालाब्रियाको तटमा भएको डुंगा दुर्घटनामा ११ जनाको उद्धार गरिएको थियो भने ६० भन्दा बढी बेपत्ता भएका थिए’, तटरक्षकले एक विज्ञप्तिमा जानकारी गरायो । 

बेपत्ता व्यक्तिहरूको लागि हवाई एवम् समुद्री खोजी जारी रहेको बताएको छ । तटरक्षकले बिहीबार महिला र बालबालिका सहित १२ जनाको शव फेला परेको जानकारी गराएको हो । 

यस हप्ताको सुरुमा मेडिकल च्यारिटी डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) ले कम्तीमा २६ जना बालबालिका सहित ६६ जना बेपत्ता भएको जानकारी दिएको थियो। 

जर्मन सहायता समूह ’रेस्क्युशिप’का अनुसार सोमबार इटालीको लम्पेडुसा टापुमा डुबेको आप्रवासी डुंगामा १० जनाको शव फेला परेको थियो। 

संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संंगठनका अनुसार गत वर्ष भूमध्यसागरमा करिब ३ हजार १५५ आप्रवासीको मृत्यु र बेपत्ता भएका थिए । यस वर्ष अहिलेसम्म एक हजार भन्दा बढीको मृत्यु र बेपत्ता भएका छन्। 

उत्तरी अफ्रिका र इटाली र माल्टा बीचको क्षेत्र भूमध्यसागर विश्वको सबैभन्दा घातक  आप्रवासन मार्ग हो ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ३ : ५४ बजे

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं

पहिरोले कर्णाली करिडोर अवरुद्ध

बाजुरा – गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले