दुई नायिकासँग ‘डेट’ गर्दा ‘प्ले बोई’को ट्याग लाग्यो : अभिनेता रणवीर    « Khabarhub

दुई नायिकासँग ‘डेट’ गर्दा ‘प्ले बोई’को ट्याग लाग्यो : अभिनेता रणवीर   


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता रणवीर कपुर उमेरले ४१ वर्ष पुगे, दुई वर्षअघि विवाह बन्धनमा बाँधिएका उनी एक छोरीको बाबु पनि बनिसकेका छन् ।

नायिका आलिया भट्टसँग लामो प्रेम सम्बन्धमा रहेर विवाह गरेका उनलाई ‘धोकेबाज’ र ‘प्ले बोई’को आरोप लाग्ने गरेको छ ।

दुई सफल नायिकासँगको प्रेम सम्बन्ध असफल भएपछि उनलाई ‘धोकेबाज’ र ‘प्ले बोई’को ट्याग लागेको हो । ती नायिकाहरु हुन्– दीपिका पादुकोण र कटरिना कैफ

रणवीरले कटरिनाका लागि दीपिकासँगको सम्बन्ध टुटाए । यी दुईको ‘ब्रेकअप’पछि दीपिकाले रणवीरको नामको ट्याटु ‘आरके’ त मेट्नुपर्‍याे नै, उनी यही कारण डिप्रेसनको शिकार बनिन् । पछि रणवीरले कटरिनासँग ‘ब्रेकअप’ गरेपछि प्रेमलाई लिएर उनको छवि धमिलियो । दर्शकले उनको नाममा ‘धोकेबाज’ र ‘प्ले बोई’को ट्याग झुण्ड्याइ दिए।

झन् दीपिकाले ‘कफी विथ करण’ कार्यक्रममा नायिका सोनाम कपुरसँग रणवीरसँगको प्रेम सम्बन्धका बारेमा खुलेर गफ गरिन् । त्यसपछि रणवीरमाथि खुलेरै सो आरोप लाग्ने  गर्‍याे ।

यी दुई ‘ट्याग’ लाग्दा आफू हैरान बनेको रणवीरले भर्खरै एक अन्तर्वार्तामा भनेका छन् । दीपिका र कटरिनाका कारण आफूमाथि सो ट्याग लागेको थाहा भएको समेत उनले बताएका छन् ।

निखिल कामथसँगको कुराकानीमा उनले भने, ‘मैले दुई सफल नायिकासँग प्रेम सम्बन्ध राखेँ । त्यो नै मेरो परिचय बन्यो । मलाई प्लेबोई र धोकेबाजको ट्याग लाग्यो । म वर्षौँदेखि यो ट्षग खेपिरहेको छु ।’

उनले आफ्नो नाम पछाडि यी ट्याग लाग्दा मानसिकरूपले असहज हुने जिकिर गरे । उनले भने, ‘मलाई पनि यो खराब लाग्छ । तर आफूले आफैँलाई सम्झाउँछु ।’

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ७ : ४३ बजे

काठमाडौँ उपत्यकामा आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

आज २०८३ साल भदौ १३ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक