लुम्बिनीमा जिल्लिए लीला गिरी, चेतनारायण आचार्य मुख्यमन्त्री बन्दै « Khabarhub

लुम्बिनीमा जिल्लिए लीला गिरी, चेतनारायण आचार्य मुख्यमन्त्री बन्दै


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


16.2k
Shares
  • change font
  • change font
  • change font

दाङ- नेकपा एमालेका महासचिव शंकर पोखरेलको इच्छाअनुसार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त हुने भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट सरकारको नेतृत्व गरेकार जोखबहादुर महराले आइतबार राजीनामा दिएपछि लुम्बिनीमा नयाँ सरकारको बाटो खुलेको थियो ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि सोमबार अपराह्न ६:३० बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए ।

यस्तोमा यसअघि छोटो समय मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न सांसदहरूको हस्ताक्षर पनि जुटाइसकेका थिए । उनले आइतबार नै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेको अवस्थामा सोमबार एकाएक परिस्थिति बदलिएको हो ।

एमाले महासचिव शंकर पोखरेलले सोमबार बिहान फोन गरेर लुम्बिनीमा लिलाको साटो दलका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएका हुन् ।

उनले सोमबार बिहान फोन गरेर लिलाको साटो दलका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएको एक सांसदले जानकारी दिए । मुख्यमन्त्रीका लागि दाबी पेश गर्न तम्तयार गिरी महासचिव पोखरेलको फोनका कारण जिल्लिएका छन् । अब कांग्रेससँगको सहमतिअनुसार लुम्बिनीमा एमाले दलका उपनेता आचार्य मुख्यमन्त्री हुने निश्चित भएको छ ।

एमाले लुम्बिनी प्रदेशका मुख्य सचेतक तुलसी चौधरीले चेतनारायणलाई मुख्यमन्त्रीका रुपमा अघि सारेर दाबी पेश गर्न लागिएको बताए ।

‘कांग्रेस र एमालेले मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि सारेर सरकार बनाउने गरी दाबी पेश गर्दैछौँ,’ चौधरीले भनेका छन् ।

उनले सोमबार अपरान्ह नै मुख्यमन्त्रीका लागि दाबी पेश गर्दैछन् । दाबी पेश भइसकेपछि उनी सोमबार नै मुख्यमन्त्रीमा नियुक्त हुने छन् ।

यसअघि अल्पमतमा परेपछि मुख्यमन्त्री महराले आइतबार बसेको प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका थिए ।

केन्द्रमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको सहमतिअनुसार लुम्बिनीमा सरकारको नेतृत्व एमालेले गर्ने सहमति भएको छ ।

एमालेको नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आइतबार दुई दलको बैठकसमेत बसेको थियो । बैठकले गिरीलाई मुख्यमन्त्रीका रुपम अघि सार्ने सहमति गरेको थियो। तर उक्त सहमति महासचिव पोखरेलको फोनले भाँडिएको छ ।

अब महासचिव पोखरेलको इच्छाअनुसार आचार्य मुख्यमन्त्री हुँदैछन् । एमाले केन्द्रीय सदस्य आचार्य २०७९ को निर्वाचनमा अर्घाखाँची प्रदेशसभा (१) बाट प्रदेश सभा सदस्यमा विजयी भएका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १२ : ४९ बजे

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग