लुम्बिनीमा जिल्लिए लीला गिरी, चेतनारायण आचार्य मुख्यमन्त्री बन्दै « Khabarhub

लुम्बिनीमा जिल्लिए लीला गिरी, चेतनारायण आचार्य मुख्यमन्त्री बन्दै


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


16.2k
Shares
  • change font
  • change font
  • change font

दाङ- नेकपा एमालेका महासचिव शंकर पोखरेलको इच्छाअनुसार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त हुने भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट सरकारको नेतृत्व गरेकार जोखबहादुर महराले आइतबार राजीनामा दिएपछि लुम्बिनीमा नयाँ सरकारको बाटो खुलेको थियो ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि सोमबार अपराह्न ६:३० बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए ।

यस्तोमा यसअघि छोटो समय मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न सांसदहरूको हस्ताक्षर पनि जुटाइसकेका थिए । उनले आइतबार नै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेको अवस्थामा सोमबार एकाएक परिस्थिति बदलिएको हो ।

एमाले महासचिव शंकर पोखरेलले सोमबार बिहान फोन गरेर लुम्बिनीमा लिलाको साटो दलका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएका हुन् ।

उनले सोमबार बिहान फोन गरेर लिलाको साटो दलका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएको एक सांसदले जानकारी दिए । मुख्यमन्त्रीका लागि दाबी पेश गर्न तम्तयार गिरी महासचिव पोखरेलको फोनका कारण जिल्लिएका छन् । अब कांग्रेससँगको सहमतिअनुसार लुम्बिनीमा एमाले दलका उपनेता आचार्य मुख्यमन्त्री हुने निश्चित भएको छ ।

एमाले लुम्बिनी प्रदेशका मुख्य सचेतक तुलसी चौधरीले चेतनारायणलाई मुख्यमन्त्रीका रुपमा अघि सारेर दाबी पेश गर्न लागिएको बताए ।

‘कांग्रेस र एमालेले मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि सारेर सरकार बनाउने गरी दाबी पेश गर्दैछौँ,’ चौधरीले भनेका छन् ।

उनले सोमबार अपरान्ह नै मुख्यमन्त्रीका लागि दाबी पेश गर्दैछन् । दाबी पेश भइसकेपछि उनी सोमबार नै मुख्यमन्त्रीमा नियुक्त हुने छन् ।

यसअघि अल्पमतमा परेपछि मुख्यमन्त्री महराले आइतबार बसेको प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका थिए ।

केन्द्रमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको सहमतिअनुसार लुम्बिनीमा सरकारको नेतृत्व एमालेले गर्ने सहमति भएको छ ।

एमालेको नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आइतबार दुई दलको बैठकसमेत बसेको थियो । बैठकले गिरीलाई मुख्यमन्त्रीका रुपम अघि सार्ने सहमति गरेको थियो। तर उक्त सहमति महासचिव पोखरेलको फोनले भाँडिएको छ ।

अब महासचिव पोखरेलको इच्छाअनुसार आचार्य मुख्यमन्त्री हुँदैछन् । एमाले केन्द्रीय सदस्य आचार्य २०७९ को निर्वाचनमा अर्घाखाँची प्रदेशसभा (१) बाट प्रदेश सभा सदस्यमा विजयी भएका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १२ : ४९ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल