झिनो अंकले बढ्यो नेप्से, कारोबार १४ अर्ब नजिक  « Khabarhub

झिनो अंकले बढ्यो नेप्से, कारोबार १४ अर्ब नजिक 


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  सोमबार झिनो अंकले बढेको छ । आज बजारमा करेक्सन आएसँगै नेप्से झिनो अंकले बढेको हो । निरन्तर बुल ट्रेन्डमा रहेको बजारमा आज निकै उतारचढाव देखिएको थियो ।   

आज नेप्सेमा देखिएको उतारचढाव नेप्सेको करेक्सनको रुपमा लगानीकर्ताले हेरेका छन् । आज नेप्से २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा पुगेको छ । आज नेप्से झिनो अंकले बढेको भएपनि सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स भने घटेको छ । 

आज ३०९ वटा कम्पनीको शेयर कारोबार हुँदा १३ वटा समूहमध्ये ७ वटा समूहको शेयर मूल्य बढेको छ भने अन्य ६ वटा समूहको शेयर मूल्य घटेको छ । आज सबैभन्दा बढी शेयर मूल्य समूहमा उत्पादन समूह परेको छ । उत्पादन समूह आज एकै दिन १६०.०७ अंकले बढेर ७५४२.५८ विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी विकास बैंक समूहको शेयर मूल्य घटेको छ । विकास बैंक समूह आज एकै दिन ३१.५८ अंकले घटेर ४९४५.२८ विन्दु कायम भएको छ । सबैभन्दा कम इन्भेष्टमेन्ट समूह घटेको छ । उक्त समूह ०.४२ अंकले घटेर ९०.१७ विन्दुमा कायम भएको छ । 

सोमबार ११५ वटा कम्पनीको शेयर मूल्य बढ्दा करिब १४ अर्ब रुपैयाँको कारोबार भएको छ । आज १२१ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । 

आज १३ अर्ब ९१ करोड ५५ लाख २५ हजार रुपैयाँ बराबरको ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता शेयर १ लाख ७० हजार ५५९ पटक किनबेच भएको छ । आज मुक्तिनाथ कृषि कम्पनीको शेयरमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने गणपति लघुवित्तको शेयर करिब १० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ३ : १९ बजे

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि