बजेट अभावले कार्य प्रगतिमा कुनै कमी हुँदैन : प्रधानमन्त्री ओली  « Khabarhub

बजेट अभावले कार्य प्रगतिमा कुनै कमी हुँदैन : प्रधानमन्त्री ओली 


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अभावका कारण कार्य प्रगतिमा कुनै कमी हुन नदिने बताएका छन् । 

 सोमबार प्रतिनिधिसभा बैठकमा सांसद दिलेन्द्र बडुले गरेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । 

ओलीले भने, ‘महाकाली करिडोर आयोजनाअन्तर्गतको तुसारपानी- कोटेघर– टिङ्कर खण्डमा ८० प्रतिशत कडा चट्टान  रहेको र विस्फोटक पदार्थको व्यवस्थापनको सहजता भई निर्माण कार्यमा कम समय लाग्ने र कार्यप्रगति छिटो हुने उद्देश्यका साथ नेपाली सेनामार्फत कार्यान्वयन भइरहेको छ । 

छुट्टै बजेट शीर्षकको सन्दर्भमा रक्षा मन्त्रालय नेपाली सेनाबाट कार्यान्वयन भइरहेको तराई-मधेश द्रुतमार्गबाहेक अन्य कुनै पनि नेपाली सेनाले निर्माण गर्ने सडकहरूमा छुट्टै बजेट उप शीर्षक कायम भएको अवस्था छैन । 

 यस्तै यथेष्ट बजेट विनियोजनका सन्दर्भमा भने बजेट अभावका कारण कार्य प्रगतिमा कुनै कमी हुन नदिन नेपाली सेनाबाट माग भएबमोजिम नै विगतमा पनि बजेट व्यवस्थापन भइरहेको तथा भविष्यमा समेत बजेट कमी हुन नदिने उनले जानकारी गराए ।

‘संघको कार्यक्षेत्र रहेका सुदूरपश्‍चिम प्रदेशको पहाडी क्षेत्रमा सिँचाइ र नदी नियन्त्रणका कार्यहरू प्रभावकारीरुपले सम्पादन गर्न दार्चुलाबाट बैतडीको पाटनमा कार्यालय स्थानान्तरण गरिएको थियो’ उनले भने, ‘तटबन्ध निर्माण कार्यान्वयन एवं आवश्यक अनुगमनको लागि सम्पर्क कार्यालय र केही प्राविधिकहरू दार्चुलामा पनि राखिएको छ । साथै बैतडीस्थित कार्यालयले पनि यससम्बन्धी कार्य गर्ने जानकारी गराउन चाहन्छु ।’

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ३ : ३३ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका