शिक्षा र सञ्चारलाई प्रविधिसँग जोडौँ : शिक्षामन्त्री भट्टराई | Khabarhub Khabarhub

शिक्षा र सञ्चारलाई प्रविधिसँग जोडौँ : शिक्षामन्त्री भट्टराई


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्ने बताएकी छन् ।

सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा मन्त्री भट्टराईले पत्रकारिता देखि समग्र क्षेत्रलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको भन्दै सरकार पनि यसमा गम्भीर भएर लाग्ने बताएकी हुन् ।

सञ्चारमाध्यममा राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने पत्रकार महिलालाई प्रोत्साहन गर्न जरुरी  रहेको उनले बताइन् ।

सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने भन्दै उनले महिला सहभागिता कम देखिनु चिन्ताको विषय भएको उल्लेख गरिन्।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले महिला पत्रकारलाई बढी विश्वास गर्ने गरेको देखिएको भन्दै पत्रकारितामा महिला ल्याउन र टिकाइराख्न जरुरी रहेको बताए । पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न काउन्सिलले सहयोग गर्ने उनको भनाइ छ ।

त्यस्तै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले राजनीतिक विषयमा महिलाको उपस्थिति सशक्त हुनुपर्ने र मिडियाहाउसले पनि त्यहीअनुरूप नीति बनाउनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ४ : २७ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका