लुम्बिनीमा आचार्यको नेतृत्वमा सरकार गठन गर्न दाबी पेस | Khabarhub Khabarhub

लुम्बिनीमा आचार्यको नेतृत्वमा सरकार गठन गर्न दाबी पेस


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्यले आज मुख्यमन्त्री पदमा दाबी पेस गरेका छन्।

उपनेता आचार्यले प्रदेशसभामा रहेका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसको समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका हुन् ।

मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेश प्रमुख शेरचनसमक्ष बुझाएको राजीनामा स्वीकृत भएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको हो । प्रदेश प्रमुखको कार्यालयबाट जारी सूचनाअनुसार नेपालको संविधानको धारा १६८ ९२० बमोजिम प्रदेशसभामा रहेका दुई वा दुईभन्दा बढी दलको समर्थनमा आज बेलुका ६ः३० बजेसम्म मुख्यमन्त्री दाबी गर्न आह्वान गरिएको थियो ।  

यसैअनुरूप प्रदेशसभामा रहेका एमालेका २९ र कांग्रेसका २७ सहित ५६ जना सदस्यको समर्थनमा आचार्यले दाबी प्रस्तुत गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न प्रस्तावित मुख्यमन्त्री आचार्यसहित कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी र एमाले संसदीय दलका प्रमुख सचेतक तुल्सी चौधरीलगायतका सदस्यहरू पुगेका थिए ।

त्यसअवसरमा प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री नियुक्ति र मन्त्रिपरिषद्का नयाँ सदस्यहरूको सपथ कार्यक्रम बुधबार बिहान राख्ने गरी तयारी गर्न दलका नेताहरूलाई आग्रह गरे । सोहीअनुसार बुधबार बिहान ८ः०० बजे प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण कार्यक्रम हुने एमाले प्रमुख सचेतक चौधरीले जानकारी दिए।

नयाँ सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम र उनीहरूको जिम्मेवारी  एकैपटक टुंगो लगाइने गरी सरकारमा सहभागी दलहरूबीच छलफल भइरहेको मुख्यमन्त्री पदका प्रस्तावित नेता आचार्यले जानकारी दिए।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ५ : ३७ बजे

एसीसी यु-१६ इस्ट जोन कप : नेपाल फाइनलमा प्रवेश

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा

तुलसीपुरमा दुई पक्की पुल निर्माण

दाङ– तुलसीपुर उपमहानगरपालिका–१  भएर बग्ने भमके खोला  र शान्तिनगर गाउँपालिका–३

स्पेनमा प्रधानमन्त्रीले भने- नेपाल दक्षिण एसियामै लगानीका लागि अनुकूल वातावरण भएको देश हो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दक्षिण एसियामै लगानीका लागि

खाँदबारीमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा

खाँदबारी– खाँदबारी नगरपालिका–३, मानेभञ्ज्याङमा १५ शय्याको खाँदबारी नगर अस्पताल सञ्चालनमा आएको

पत्रकार पाठक काठमाडौं अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलासमा बयान

काठमाडौं– पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्