‘कोरा भक्तपुर साइकलिङ च्यालेञ्ज’ सम्पन्न « Khabarhub

‘कोरा भक्तपुर साइकलिङ च्यालेञ्ज’ सम्पन्न


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उदेश्यले भक्तपुरमा एक सय किलोमिटर लामो ‘चौथो कोरा भक्तपुर साइक्लिङ च्यालेञ्ज–२०२४’ सम्पन्न भएको छ ।

साइकल कनेक्ट भक्तपुरले आयोजना गरेको ‘चौथो कोरा भक्तपुर साइक्लिङ च्यालेञ्ज–२०२४’ बिहान ६ बजे भक्तपुरको दूधपाटीस्थित नपुखु ९पोखरी० बाट सुरु भएको यात्रा साँझ नपुखु (पोखरी) मै आएर समापन भएको थियो ।

साइकल कनेक्ट भक्तपुरका संस्थापक अध्यक्ष एवं कार्यक्रमका संयोजक सुमित बालाले कोरा भक्तपुर साइक्लिङ च्यालेञ्जले नेपाललाई विश्वमा चिनाउन मद्दत गर्नुका साथै नेपालको पर्यटकीय विकासमा ठूलो टेवा पुर्‍याउने बताए । यात्रामा स्वदेशी तथा विदेशी नागरिकगरी एक हजार तीन सय यात्रीको सहभागिता थियो ।

भक्तपुर तथा काभ्रेपलाञ्चोकलाई छुदै अधिकांश भक्तपुरका पर्यटकीय क्षेत्रको दृश्यावलोकन गरी यहाँको सौन्दर्यतालाई स्पर्श गर्दै साइकलबाटै दुई हजार १०० मिटर उचाइसम्म १०० किलोमिटरको यात्रा एकैदिनमा सकिएको थियो ।

साइकल यात्रा सिद्धपोखरी, सल्लाघारी, नयाँथिमि, बहाखा बजार, बोडे, निलबाराही, बेंसीगाउँ, दुवाकोट, चाँगुनारायण, त्रिशूल डाँडा, तेलकोट, नगरकोट, थाकलमाथ, खावा, नाला गुम्बा, भङ्गाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डु, गाम्चा, बिरुवा, सिरुटार, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमि र सल्लाघारीहुँदै पुनः नपुखु आइपुगेको थियो ।

कार्यक्रममा साइकलबाट २५, ५०, ७५ र एक सय गरी चार वटा रुटमा यात्रा गर्नेमा १०० जनाभन्दा बढी महिला सहभागी रहेको बालाले जानकारी दिए । उनले यो पटकको कोरा भक्तपुरमा सहभागीको सङ्ख्याले ऐतिहासिक ‘रेकर्ड’ कायम गरेको छ ।

सन् २०११ देखि काठमाडौँबाट सुरू भएको कोरा साइक्लिङ च्यालेञ्ज नेपालको २० भन्दा धेरै सहर र नेपालबाहेक सिङ्गापुर, अष्ट्रेलिया, जर्मनी, अमेरिका, भारतलगायत देशमा पनि हुने गरेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १० : ४४ बजे

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको