ब्रेकिङ स्टोरी

टीआरसी विधेयकविरुद्ध उत्रिए माओवादी पीडितहरू (तस्बिरहरू)

By खबरहब

August 22, 2024

काठमाडौं- प्रतिनिधिसभाबाट पारित भइसकेको संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकविरुद्ध माओवादी द्वन्द्वपीडितहरूले प्रदर्शन गरेका छन् ।

तत्कालीन द्वन्द्वको एउटा पक्ष रहेको माओवादीबाट पीडितहरूले बिहीबार मध्यान्ह काठमाडौंको नयाँबानेश्वरमा प्रदर्शन गरेका हुन् ।

नेपाल माओवादी पीडित संघको नाममा दण्डहीनताविरुद्ध भन्दै नयाँ बानेश्वरमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको हो ।

उनीहरूले टीआरसी विधेयक पीडित मैत्री नभएको गुनासो पनि गरेका छन् । अहिलेको टीआरसी विधेयकले आफूहरूलाई न्याय नमिल्ने उनीहरूको भनाइ छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी