अफगानिस्तानमा बाढीका कारण १० जनाको मृत्यु « Khabarhub

अफगानिस्तानमा बाढीका कारण १० जनाको मृत्यु


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानमा आएको बाढीका कारण १० जनाको मृत्यु भएको देशको राष्ट्रिय विपद् प्राधिकरणले बुधबार राति जनाएको छ ।

पछिल्लो केही दिनयता अफगानिस्तानका केही भागहरूमा आएको आकस्मिक बाढीका कारण १० जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको प्राधिकरणका प्रवक्ता मुल्लाह जनान स्याकले बताए ।

उनका अनुसार बाढीले निम्त्याएको प्राकृतिक प्रकोपका कारण १०० वटा आवासीय घरहरू पनि पूर्ण वा आंशिक रूपमा क्षति भएका छन्भने खेतीबालीमा समेत गम्भीर क्षति पुगेको छ ।

प्रान्तीय सरकारले सबै प्रान्तीय अधिकारीहरूलाई बाढी प्रभावितलाई तत्काल उद्धार गरी आवश्यक प्रक्रिया अघि बढाउन आदेश दिएको छ ।

यो वर्षको मेपछि अफगानिस्तानमा वर्षाजन्य विभिन्न दुर्घटनाहरूमा करिब ४०० जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  ६ : २२ बजे

नयाँ वर्ष उन्नति र प्रगतिका लागि विशेष वर्ष बनोस् : खिलराज रेग्मी

काठमाडौँ– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी नयाँ वर्ष भ्रष्टाचार निवारण,

राजवंशी समुदायमा ‘सिरुवा पर्व’को उल्लास

झापा– पूर्वी नेपालका आदिवासी राजवंशी समुदायले मनाउने सबैभन्दा ठूलो चाड

झापाका दुई उद्योगमा आगलागी

झापा– झापाको बिर्तामोड नगरपालिका–४ मा सञ्चालित दुई उद्योगमा आज बिहान

राष्ट्रिय हित र विधिको शासनका लागि सबै मिलेर अघि बढौँ : पूर्वप्रधानमन्त्री कार्की

काठमाडौं– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव

नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोमा आरोग्य दिवस मनाइयो

काठमाडौं– नेपाली महावाणिज्यदूतावास सान फ्रान्सिस्कोले सोमबार विविध कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय