वर्गीय विभेदको न्यूनीकरण गर्न असमान वितरण प्रणालीको अन्त्य गर्नुपर्छ : माधव नेपाल | Khabarhub Khabarhub

वर्गीय विभेदको न्यूनीकरण गर्न असमान वितरण प्रणालीको अन्त्य गर्नुपर्छ : माधव नेपाल


६ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान शोषण र वर्गीय विभेदको न्यूनीकरण गर्न असमान वितरण प्रणालीको अन्त्य गर्नुपर्ने बताएका छन् ।

समाजवादी अध्ययन केन्द्रले कम्युनिष्ट विचारक लेलिनको निधनको एकसय वर्षको अवसरमा आजदेखि सुरु गरेको साताव्यापी विचार गोष्ठीको उद्घाटनका क्रममा अध्यक्ष नेपालले कम्युनिष्ट आदर्शका माध्यमबाट आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी सामाजिक न्याय, न्यायोचित वितरण प्रणाली कार्यान्वयन गर्न सकिने बताए ।

क्रान्तिका योद्धाबाट प्रेरणा पाउनुभएका लेलिनले देश र जनताको हितमा जस्तो सुकै जोखिम उठाएर अगाडि बढ्न विश्व समुदायलाई प्रेरित गरेको बताउँदै उनले जीवनको अन्तिम घडीसम्म अनेकौँ जोखिमपूर्ण सङ्घर्ष गरी आफ्नो आस्थाप्रति अटल र अविचलित रहेको विचार व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले माक्र्सवादलाई सिर्जनात्मक रूपमा ग्रहण गरी त्यसलाई वस्तुगत विश्लेषणसहित प्रयोगमा ल्याएका लेलिनले विश्व पुँजीवादको एकाधिकारलाई अन्त्य गर्न वैज्ञानिक समाजवादको सुरुआत गरेको बताए । राजनीतिक क्रान्तिको विभिन्न चरणमा सङ्घर्ष गर्ने क्रममा भूमिगत जीवनमा पनि लेनिनले रचना गरेका कृति कम्युनिष्ट आन्दोलनको यात्रामा कालजयी रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार  १० : ३२ बजे

कैलाली र कञ्चनपुरमा गर्मीले जनजीवन कष्टकर

सुदूरपश्चिम – केही दिनदेखिको उखरमाउलो गर्मीले कैलाली, कञ्चनपुरसहितका जिल्लाको जनजीवन

दुई करोड बढीको गहनासहित चारजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले रु दुई करोड बढी मूल्यका सुन,

कोरला नाकामा पूर्वाधार निर्माण गर्ने नेपाल–चीन सहमति कार्यान्वन हुँदै जानेछ : प्रचण्ड

मुस्ताङ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल

खेलाडी उत्पादनको प्रमुख र प्रारम्भिक जग गाउँ र विद्यालय हुन् : राष्ट्रपति

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुदबीच निकट सम्बन्ध

जिबुटीमा तस्करद्वारा आप्रवासी डुङ्गामा आक्रमण, आठ जनाको मृत्यु

अदिस अबाबा – मानव तस्करको एक समूहले आप्रवासी डुङ्गामा आक्रमण