एक दिवसीय सिरिज : इंग्ल्यान्डविरुद्ध अस्ट्रेलियाको लगातार दोस्रो जित « Khabarhub

एक दिवसीय सिरिज : इंग्ल्यान्डविरुद्ध अस्ट्रेलियाको लगातार दोस्रो जित


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

लण्डन – इंग्ल्यान्डविरुद्धको सिरिजमा अस्ट्रेलियाले लगातार दोस्रो जित हात पारेको छ। शनिबार लिड्समा भएको खेलमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई ६८ रनले हरायो। अस्ट्रेलियाले दिएको २७१ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४० दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २०२ रनमा सीमित भयो।

इंग्ल्यान्डका लागि बेन डुकेटले ४९ रन बनाए। यसबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले प्रभावकारी प्रदर्शन गर्न सकेनन्। अस्ट्रेलियाका मिचेल स्टार्कले ९ दशमलव २ ओभरमा ५० रन खर्चिँदै ३ विकेट लिए। एरोन हार्डीले ८ ओभरमा २६ रन खर्चेर २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४४ दशमलव ४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २७० रनको योगफल खडा गरेको थियो। अन्य खेलमा धिमा सुरुवात गरेको अस्ट्रेलियाले मध्य क्रमका मिचेल मार्स र एलेक्स क्यारीको पारीपछि खेलमा प्रभाव जमाएको हो।

तेस्रो क्रममा ब्याटिङ गरेका मार्सले ५९ बलमा ६० रन बनाए। यसैगरी एलेक्स क्यारीले ६७ बलमा ७४ रन जोडे। उनी खेलको म्यान अफ द म्याच बने। अन्तिम विकेटको रूपमा उनलाई ओले स्टोनले आउट गरेका थिए।

इंग्ल्यान्डका ब्राइडन कार्स ३ विकेट लिए तर उनी एकदमै महँगो साबित भए। उनले १० ओभरमा ७५ रन खर्चिए। अदिल रसिदले १० ओभरमा ४२ न खर्चेर २ विकेट लिए।

ग्लेन म्याक्सवेललाई आफ्नो क्यारियरको २०० औं एकदिवसिय विकेटको रूपमा आउट गरेका उनले त्यसपछि नै एडम जाम्पालाई आउट गरेका थिए। अस्ट्रेलियाले ५ खेलको शृङ्खलामा २–० को जित हात पारेको छ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ६ : ४४ बजे

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी

नेपाल–चीनबीचको सहकार्य र आपसी विश्वासलाई अझ सुदृढ बनाउने छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं– वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक

विश्वकपमा आज पाँच पटकको विजेता ब्राजिल र एसियाली पावरहाउस जापानको भिडन्त

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत आज राति एक बहुप्रतीक्षित

लुम्बिनीमा धान रोपाइँले लियो गति, २०‍.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

भैरहवा– लुम्बिनी प्रदेशमा यस वर्ष मनसुन ढिलो सक्रिय भएपछि धान