स्वास्थ्य शिविरमा एक हजार बिरामीको उपचार « Khabarhub

स्वास्थ्य शिविरमा एक हजार बिरामीको उपचार


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका नागरिकलाई गाउँघरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नुवाकोटको विदुर–५ देवीघाटमा आयोजना गरिएको ‘बृहत स्वास्थ्य परीक्षण शिविर’मा एक हजार तीन सयभन्दा बढी बिरामीको उपचार गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी जालपादेवी उपशाखा देवीघाट र यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा शनिबार सम्पन्न शिविरमा विशेषज्ञ चिकित्सकमार्फत बिरामीको स्वास्थ्य जाँच, प्रयोगशाला परीक्षण र निःशुल्क औषधि वितरण गरिएको थियो ।

आयोजक यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्टका अध्यक्ष डा. केदारनरसिंह केसीका अनुसार शिविरमा स्त्रीरोग तथा प्रसूतिसम्बन्धी भिडियो एक्सरे, पाठेघरको मुख र स्तनको क्यान्सरसम्बन्धी स्क्रिनिङ, नशा तथा हाडजोर्नी जाँच र प्रयोगशाला परीक्षण सेवा लिने बिरामीको सङ्ख्या बढी थियो ।

शिविरमा जाँच गराउन आएका बिरामीमध्ये केहीको स्वास्थ्य अवस्था निकै कमजोर भइसकेको र तत्कालै थप उपचार सेवा आवश्यक देखिएका बिरामीको पहिचान गरेर उनीहरूलाई जिल्लाको सरकारी अस्पताल (त्रिशूली अस्पताल)मा जाँच गराउन सिफारिस गरिएको छ ।

काठमाडौंबाट आएका तथा त्रिशूली अस्पताल नुवाकोटका विशेषज्ञ चिकित्सकसहित ३० स्वास्थ्यकर्मीको समूहले शिविरमा स्त्रीरोग तथा प्रसूति, आँखा तथा दृष्टिरोग, प्रयोगशाला, फिजिसियन तथा परामर्श सेवा, मनोरोग, नशा तथा हाडजोर्नीलगायत सेवा दिएको थियो । जाँच गराएका बिरामीलाई चिकित्सकको सिफारिसअनुसार निःशुल्क औषधिसमेत उपलब्ध गराइएको थियो ।

शिविरमार्फत ग्रामीण क्षेत्रका महिला तथा ज्येष्ठ नागरिकलाई सेवा प्रवाह गरिएको र आगामी दिन नुवाकोट तथा रसुवाका ग्रामीण एवं स्वास्थ्य सेवाको पहुँच नपुगेका स्थानमा शिविर सञ्चालन गरिने ट्रष्टका संरक्षक तथा प्रतिनिधिसभा सदस्य अजुर्ननरसिंह केसीले जानकारी दिए ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ७ : ०९ बजे

‘जीवनोपयोगी शिक्षा आवश्यक छ’

भक्तपुर– प्रधानसेनापति अशोकराज सिग्देलले समाज र राष्ट्रप्रति उत्तरदायित्व वहन गर्न

निःशुल्क आँखा शिविरमा ५१० जनाको परीक्षण 

गण्डकी– समय–समयमा आँखा परीक्षण नगराउँदा मोतियाबिन्दुको समस्या रहेको पाइएको छ

दुई वटा फर्मलाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरका विभिन्न १७

मधेस सरकार गठनको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा– मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवको नेतृत्वमा नयाँ सरकार गठन

शंकर पोखरेलको प्रश्न– गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल सरकारका ऊर्जामन्त्री