लेबनानमा इजरायलको हवाई आक्रमण सुरु | Khabarhub Khabarhub

लेबनानमा इजरायलको हवाई आक्रमण सुरु


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

बेरुत – इजरायलले लेबनानमा हवाई आक्रमण सुरु गरेको छ। सोही आक्रमणका कारण इजरायलले हफियामा रहेका सर्वसाधारणलाई त्यहाँबाट हट्न भनेको छ। इजरायल डिफेन्स फोर्स (आइडिएफ)का प्रवक्ता डानियल हगारीले हिजबुल्लाहले इजरायली भूमिमा आक्रमण गर्न लागेको पत्तो पाएर यो कदम चालिएको बताए।

बेरुतमा भएको पछिल्लो हवाई आक्रमणमा ३७ जनाको ज्यान गएको थियो। यसरी ज्यान गएका मध्य तीन जना बालबालिका थिए। शुक्रबार मात्र १८० भन्दा बढी साइटमा हजारौँ रकेट प्रहार गरिएको थियो।

लेबनानबाट पनि इजरायलमा लक्षित गर्दै ९० स्थानमा आक्रमण भएको थियो। आइडिएफले दिएको जानकारी अनुसार इजरायली सैन्य निकायका ११ जना मानिस निसानामा परेका थिए। गएको साताको सुरुवातमै वाकिटकी र पेजर विस्फोटबाट ३९ जनाको ज्यान जानुको साथै हजारौँ जना घाइते भएका थिए।

संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार भोल्कर टकले पेजर र वाकिटाकी विस्फोट मानव अधिकार कानुनको उल्लङ्घन भएको बताए। अहिले आइडिएफले आक्रमणको निसाना बनाएको सहरमा खुला स्थानमा ३० जना तथा बन्द स्थानमा तीन सय भन्दा बढी व्यक्ति भेला नहुन भनेको छ। हाइफादेखि उत्तरको क्षेत्रमा यो क्रम बढेको थियो। बेरुतमा भएको अमेरिकी दूतावासले लेबनानमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट घर फर्किन भनिसकेको छ।

छिमेकी देश जोर्डनले पनि आफ्ना नागरिकलाई तत्काल फिर्ता हुन भनेको छ। रक्षा मन्त्री युभ गालान्टले युद्ध नयाँ मोडमा गएको बताएका छन्।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ८ : ४८ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस