११ अंकले बढ्यो नेप्से, ५ अर्ब ९ करोडको शेयर किनबेच « Khabarhub

११ अंकले बढ्यो नेप्से, ५ अर्ब ९ करोडको शेयर किनबेच


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११ अंकले बढेको छ ।

नेप्से ११.५८ अंकले बढ्दा कारोबार भने ३ हजार विन्दु पुगेपछि सबैभन्दा कम भएको छ । आज नेप्से ०.४४ प्रतिशतले बढेर २५८८.३५ विन्दु पुग्यो आज दिनभरमा ५ अर्ब ९ करोड २९ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएसँगै ३ हजार विन्दु पुगेपछिको सबैभन्दा कम कारोबार हो ।

आइतबार प्रि-ओपन सेसनमा साढे २४ अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही समयमै उच्च अंकको वृद्धि भएको थियो ।

बजार खुलेको ५ मिनेट भित्र नै नेप्से उच्चतम २६४३ विन्दुमा पुगेको थियो । तर उच्च विन्दु केही बेर टिक्न सकेन । बजार खुलेको १२ मिनेटमै बजार तल झरेको थियो । त्यसपछि बजार निरन्तर ओरालो लागेर न्यूनतम २५७० विन्दु सम्म आएको थियो ।

बजार पटक पटक माथि उठ्न खोजेको बेला विक्रीकर्ता हाबी हुँदा बजार उकालो जान सकेको देखिएन । घटेको अन्तिम १० मिनेटमा बजारले युटर्न लियो ।

अन्तिम १० मिनेट बाँकी रहेका बेला बजारमा खरिदकर्ता हाबी हुँदा नेप्से ११ अंकले बढ्न पुग्यो ।

नेप्से बढ्दा १ करोड २४ लाख ८५ हजार ७३१ कित्ता शेयर कारोबार भयो । जसमा १३८ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने ९४ वटा कम्पनीको शेयर मूल्य घट्यो । १२ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

आज ३२५ वटा कम्पनीको शेयर कारोबार हुँदा ७२ हजार ९५७ पटक शेयर किनबेच भयो । आज ३ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो ।

आइतबार १३ वटा समूहमध्ये ८ वटा समूहको शेयर मूल्य बढ्यो भने ५ समूहको भने घट्यो । आज सबैभन्दा बढी वाणिज्य बैंक समूह १.०१ प्रतिशतले बढेर १४७७.३३ विन्दुमा पुग्यो । आज सबैभन्दा बढी होटल एण्ड टुरिजम समूह ०.६१ प्रतिशतले घटेर ३ हजार १९.६५ विन्दुमा पुग्यो ।

त्यस्तै विकास बैंक ०.६६ प्रतिशतले, हाइड्रोपावर ०.३१ प्रतिशतले, लगानी समूह ०.६१ प्रतिशतले, जीवन बीमा ०.२४ प्रतिशतले, निर्जीवन बीमा ०.४७ प्रतिशतले, अन्य समूह ०.४१ प्रतिशतले र ट्रेडिङ समूह ०.०७ प्रतिशतले बढ्यो ।

साथै, फाइनान्स समूह ०.१७ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.१९ प्रतिशतले, लघुवित्त ०.१८ प्रतिशतले र म्युचुअल फण्ड समूह ०.१० प्रतिशतले घट्यो ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ३ : १७ बजे

निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउनेगरी विद्युत् विधेयक ल्याउन इप्पानको माग

काठमाडौं– निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउनेगरी नयाँ विद्युत्

चर्चाका रिल जोडी

काठमाडौं – पर्दामा मिठो केमेस्ट्रीले गर्दा नायक–नायिका वास्तविक जोडीका रुपमा

भारतीय सेना प्रमुख काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं– भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चारदिने भ्रमणको सिलसिलामा

‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’

काठमाडौं- नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष तथा पूर्वमन्त्री घनश्याम भूसालले मुलुक

इतरको भेला उद्घाटनमा गएका पूर्णबहादुर समापनमा किन भए गयल ?

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला समापनका दिन