भ्यानमा चढ्दै दुर्गा प्रसाईंले प्रहरीलाई भने- पक्रेजस्तो नगर्नुस्, भ्रष्टाचारीलाई जस्तो नगर्नुस् « Khabarhub

भ्यानमा चढ्दै दुर्गा प्रसाईंले प्रहरीलाई भने- पक्रेजस्तो नगर्नुस्, भ्रष्टाचारीलाई जस्तो नगर्नुस्


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई प्रहरी भक्तपुरको ठिमीस्थित उनको निवासबाटै आइतबार पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोले भक्तपुर प्रहरी परिसरको सहयोगमा प्रसाईंलाई बलपूर्वक नियन्त्रणमा लिएको हो ।

पक्राउ गर्न पुगेको प्रहरीलाई अवरोध गरियो । घरभित्र बसेका उनले सुरक्षा गार्डलाई लगाएर प्रहरीलाई अवरोध गरेका थिए ।

त्यसपछि भर्‍याङ लगाएर घरभित्र पसेको प्रहरीले पक्राउ गरेपछि प्रसाईंले आक्रोश पोखे ।

उनले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओली र उनका प्रमुख सल्लाहकार विष्णु रिमालको दबाबमा पक्राउ गरिएको बताइरहेका छन् ।

‘केपी ओलीसँग त म नि एक थोपो रगत हुन्जेलसम्म लड्छु, लडिरहन्छु’, उनले घरबाट निस्किँदै भने ।

घर परिसरमा जम्मा भएका युट्युबरतर्फ हेर्दै उनले थप बोल्न खोजेपछि प्रहरीले समातेर भ्यानतिर लगेको थियो ।

त्यसक्रममा उनले आफूलाई भ्रष्टाचारी पक्रे जस्तो व्यवहार नगर्न भन्दै प्रहरीसँग आक्रोश पोखे । ‘पक्रे जस्तो नगर्नुस् न, म आफैं चढिहाल्छु नि !, मैले त भ्रष्टाचार गरेको होइन नि ! मलाई भ्रष्टाचारीलाई पक्रेको जस्तो व्यवहार नगर्नुस् ।’

त्यहीँबाट एकजना समर्थकले उनलाई समर्थन गर्दै प्रहरीतर्फ व्यंग्य गरे । ‘भ्रष्टाचारीलाई त उहाँहरूले त केही गर्न सक्नु हुन्न’, यति भनिसकेपछि प्रहरीले प्रसाईंला पक्राउ गरेर साइबर ब्यूरोतिर हिँडाएको छ ।

सम्बन्धित समाचार

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ४ : ५१ बजे

रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

रसुवा– ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी खेलाडीको विवादित गायन: ‘फकल्यान्डका लागि इंग्ल्यान्डलाई हराउँछौँ’

काठमाडौँ – विश्वकपको सेमिफाइनलमा साविक उपविजेता अर्जेन्टिना र इंग्ल्यान्डबीचको भेट

पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

बागलुङ– बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ

फिल्म ‘गौँथली’ : डाक्टरको एक्सन कट, फेरि टिकट किन्ने कुरा !

काठमाडौँ- डा. भोला रिजाल पेसाले चन्द चिकीत्सक हुन् । बेलायतमा

कसरी चल्दैछ बालेन सरकार ? थिति बसाल्दैछ कि बेथितिको सुरुवात ?

काठमाडौँ – फागुन २१ गते भएको निर्वाचनमार्फत् झण्डै दुई तिहाई