समाचार

सबै दलको समझदारीमा संविधान संशोधन भए माओवादीले सहयोग गर्छ : नारायणकाजी श्रेष्ठ

By खबरहब

September 22, 2024

काठमाडौं– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको उपलब्धिहरूलाई असर नपर्ने गरी संविधान संशोधन गर्न सकिने बताएका छन् ।

संविधान सभा सदस्य परिषद् नेपालले आइतबार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले साझा सहमतिको आधारमा उपलब्धिहरूलाई कुनै असर नपर्ने गरी संविधान संशोधन गर्न सकिने बताएका हुन् ।

सबै दलको समझदारीमा हुने संविधान संशोधनमा माओवादीको सहयोग नै रहने उनले बताए । उनले प्रतिगमन मुर्दावाद भनेर मात्रै संविधान र लोकतन्त्रको रक्षा नहुने भन्दै रूपान्तरण, विकास र जीवन पद्धतिमा जनताले खोजेको परिवर्तनको पक्षमा काम गर्नुपर्ने धारणा राखे ।

उनले संविधान संशोधनका क्रममा राष्ट्रियता, परराष्ट्र नीति लगायतका विषयमा सहमति कायम गर्नै पर्ने जिकिर गरे  ।