काठमाडौं– हुम्लाबाहेक देशभर डेंगु रोगको सङ्क्रमण देखिएको छ । डेंगी सङ्क्रमणको जोखिम असोज महिनाभर हुने बताइएको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले असोजसम्म पानी पर्ने भएकाले डेंगीको जोखिम हुने बताए ।
‘साधारणतया डेंगी सङ्क्रमण जेठदेखि असोजसम्म हुने गर्दछ’, उहाँले भन्नुभयो, ‘त्यसपछि जाडो याम सुरु हुने भएकाले डेंगी सार्ने लामखुट्टे क्रमशः हराउँदै जान्छन् ।’
प्रमुख डा दाहालका अनुसार अहिलेसम्म देशभर ११ हजार पाँच सय ४५ जनामा डेंगी रोगको सङ्क्रमण देखिएको छ । हालसम्म डेंगी रोगको सङ्क्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया