समाचार

आजका समाचार : पक्राउ परे दुर्गा प्रसाईं, रविविरुद्ध पुर्जी, श्रीलंकामा कम्युनिस्ट नेताले जिते

By खबरहब

September 22, 2024

प्रधानमन्त्रीको अमेरिका भ्रमण : को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता ?

संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी महासभाको ७९औँ अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु गरेका छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ४ गते त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सोही क्रममा शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले केही समयअघि नेपाल भ्रमण गरेकोमा महासचिव गुटेरेसप्रति कृतज्ञता व्यक्त गर्दै नेपालले जलवायु न्याय पाउनुपर्ने र यसमा पहलका लागि आग्रह गरेका थिए ।

कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ : प्रधानमन्त्री ओली

रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछाने जीबी राई सञ्‍चालित गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक हुन्‌ ।

जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजंग शाहकाे इजलासबाट सहकारीमा मुछिएका लामिछानेलाई पक्राउ पुर्जी जारी भएको हो ।

भ्यानमा चढ्दै दुर्गा प्रसाईंले प्रहरीलाई भने- पक्रेजस्तो नगर्नुस्, भ्रष्टाचारीलाई जस्तो नगर्नुस्

बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई प्रहरी भक्तपुरको ठिमीस्थित उनको निवासबाटै आइतबार पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोले भक्तपुर प्रहरी परिसरको सहयोगमा प्रसाईंलाई बलपूर्वक नियन्त्रणमा लिएको हो ।

कांग्रेसको व्यावसायिक सिप विकास विभागमा १० सदस्य मनोनीत

नेपाली कांग्रेसको व्यावसायिक सिप विकास विभागमा सदस्यहरू मनोनीत भएका छन् ।

सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम गंगालक्ष्मी अवाल प्रमुख रहेको व्यावसायिक सिप विकास विभागमा दश जना सदस्यलाई मनोनयन गरेका हुन् ।

संविधान संशोधनको कुराले कोही आत्तिनुपर्दैन : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको कुराले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।

संविधान दिवसको सन्दर्भमा आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा लेखकले यस्तो बताएका हुन् ।

नेपालले भुटानको सफल जलविद्युत विकासबाट महत्त्वपूर्ण पाठ सिक्न सक्छ : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भुटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री ल्योन्पो जेम छिरिङले शिष्टाचार भेट गरेका छन् ।

‘इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट’ले यही सातादेखि काठमाडौँमा आयोजना गर्न लागेको दोस्रो हिन्दूकुश हिमालय मन्त्रिस्तरीय पर्वतीय शिखर सम्मेलनमा भाग लिन आएका मन्त्री छिरिङ र मन्त्री भण्डारीबीच आज सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको हो । सो अवसरमा मन्त्री भण्डारीले नेपाल र भुटानबीच गहिरो सामाजिक–सांस्कृतिक सम्बन्ध रहेको तथा जनस्तरमा समेत सुमधुर सम्बन्ध रहेको बताए ।

सबै दलको समझदारीमा संविधान संशोधन भए माओवादीले सहयोग गर्छ : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको उपलब्धिहरूलाई असर नपर्ने गरी संविधान संशोधन गर्न सकिने बताएका छन् ।

संविधान सभा सदस्य परिषद् नेपालले आइतबार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले साझा सहमतिको आधारमा उपलब्धिहरूलाई कुनै असर नपर्ने गरी संविधान संशोधन गर्न सकिने बताएका हुन् ।

सामाजिक सङ्घसंस्थाका कामकारबाही पारदर्शी बनाउनुपर्छ : मन्त्री सुडी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले समाजकल्याण ऐनलाई समयसापेक्ष परिमार्जन र संशोधन गर्ने बताएका छन् ।

४५औँ सामाजिक सेवा दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री सुडीले समाजकल्याणको ऐन परिमार्जन गर्दै एकद्वार नीतिअनुसार अगाडि बढाउन सरकार लाग्ने बताएका हुन् हो ।

मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौँ : मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताएका छन् ।

पर्साको पर्सागढी नगरपालिका–८ हरपुरमा आज आयोजित कार्यकर्ता भेटघाट एवं चियापान कार्यक्रममा मन्त्री यादवले जनता समाजवादी पार्टी (जसपा) को नीति तथा सिद्धान्तअनुसार नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताएका हुन् ।

कोशी प्रदेशसभाबाट बजेट पारित, २२ महिनापछि छानिए समिति सभापति

कोशी प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य भएको छ । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गको कार्यालयबाट नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्यको पत्र सभामुख अम्बरबहादुर विष्टले सदनमा पढेर सुनाएसँगै अधिवेशन समापन भएको थियो ।

त्यस अवसरमा सभामुख विष्टले कोशी प्रदेशसभाले यस पटक समयमै बजेट पारित गरी समितिका विषयगत सभापतिसमेत चयन गर्न महत्त्वपूर्ण सफलता हासिल गरेको बताउँदै सभालाई मर्यादित रूपमा सञ्चालन गर्न सत्तापक्ष र विपक्षसमेत सबैले गरेको सहयोगप्रति आभार प्रकट गरेका थिए ।

धनुषामा सवारी दुर्घटनामा कमी, मृत्यु हुनेको संख्या पनि विस्तारै घट्दै

धनुषा जिल्लामा चालु आर्थिक वर्षको दुई महिनामा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ ।

चालु आर्थिक वर्षको साउन महिनामा १ र भदौ महिनामा ४ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको धनुषा ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अर्थसंक्षेप : मध्यभोटेकोशीबाट एक महिनाभित्र १०२ मेगावाट बिजुली, दुई महिनामै साढे ९४ अर्ब सरकारी ऋण बढ्यो

अन्तर्राष्ट्रिय … 

श्रीलंकाको राष्ट्रपतिमा कम्युनिस्ट नेता दिसानायके विजयी

श्रीलंकाको राष्ट्रपति निर्वाचनमा जित निकाल्दै मार्क्सवादी नेताले इतिहास रचेका छन् ।

शनिबार भएको निर्वाचनअनुसार जनाथा विमुक्ति पेरामुना पार्टीका अनुरा कुमारा दिसानायकेले ५३ प्रतिशत मतसहित जित निकालेका हुन् ।

युक्रेन शान्ति सम्मेलनमा रुस सहभागी नहुने

अलाबामामा गोली चल्दा चार जनाको मृत्यु, दर्जनौँ घाइते

इरानको कोइला खानी विस्फोटमा परी मृत्यु हुनेको संख्या ५१ पुग्यो

भारतको बेंगलुरुमा नेपाली युवतीको हत्या, फ्रीजमा भेटिए शरीरका ३० टुक्रा

आफ्नै कार्यालयका ५८ जनासँग शारीरिक सम्बन्ध राख्ने गभर्नरलाई १३ वर्ष जेल सजाय

खेलकुद…

सञ्जीवनी फुटसल प्रतियोगिता : फस्ट स्टेप काठमाडौं च्याम्पियन

स्पेनिस ला लिगा : रियल मड्रिडको सानदार जित

प्रिमियरसिपमा लिभरपुलको अग्रता : कुन खेल कति रोचक ?

विश्वकप लिग– २ : आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा