कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन | Khabarhub Khabarhub

कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कांग्रेस–एमाले गठबन्धनको कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन भएको छ ।

आइतबार सत्तापक्षीय संसदीय दलको संयुक्त बैठकले न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल गठन गरेको हो । ६ सदस्यीय कार्यदलमा दुई जना मन्त्री छन् ।

कार्यदलमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना, एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी र प्रदेश सांसद तिलचन पाठक छन् ।

कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई र कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की र कांग्रेस प्रमुख सचेतक गोपाल तामाङ छन् ।

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार कार्यदललाई न्यूनतम साझा कार्यक्रम तय गर्न २३ असोजसम्मको समय दिइएको छ । समितिले तयार गरेको न्यूनतम साझा कार्यक्रमलाई प्राथमिकतामा राखेर सरकारले आफ्नो काम गर्नेछ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ७ : ३४ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस