रास्वपा नेताको दाबी : प्रहरीले रविलाई पक्रने भनेको छैन « Khabarhub

रास्वपा नेताको दाबी : प्रहरीले रविलाई पक्रने भनेको छैन


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले आफ्ना सभापति रवि लामिछानेलाई प्रहरीले गिरफ्तार नगर्ने जानकारी दिएको दाबी गरेका छन् ।

रास्पवा केन्द्रीय कार्यालयमा छलफल रहेका एक नेताले आइतबार राति खबरहबसँग भने, ‘हामी अहिलेसम्म पार्टी कार्यालयमै छलफलमा छौं, तल कार्यकर्ता र पत्रकार साथीहरु हुनुहन्छ, प्रहरीले पक्राउ गर्ने आदेश आएको छैन भनेको छ ।’

गोर्खा मिडियाका सञ्चालकमध्येका पूर्वडीआइजी छविराज जोशीलाई आइतबार प्रहरीले जरुरी पक्राउ पूर्जीका आधारमा गिरफ्तार गरेर पोखरा लगेको छ । यससँगै रास्वपा नेताहरु पार्टी केन्द्रीय कार्यालयमा जम्मा भएर छलफलमा जुटेका हुन् ।’

कार्यालयमा प्रहरीको समेत उपस्थिति देखिए पनि रविलाई पक्राउ गर्ने योजना नरहेको प्रहरीले बताएको रास्वपाका एक केन्द्रीय सदस्यले खबरहबलाई बताए ।

प्रहरीले आइतबार पक्राउ गर्ने आदेश नआएको रास्वपा नेताहरुलाई जानकारी दिए पनि सूर्यदर्शन सहकारीको रकम अपचलनविरुद्ध रविविरुद्ध पूरक अभियोजन दर्ता गर्न गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइसकेको छ ।

यसैबीच, रास्वपा नेता विराजभक्त श्रेष्ठले सरकारबाट पञ्चायती शासकको जस्तो व्यवहार भएको बताएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ९ : २२ बजे

रास्वपा सभापति लामिछानेमाथिको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको सहकारी

लाङटाङ निकुञ्जका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत प्रदान गरिएको

प्रकाश सपुतलाई जुरेन सांसद पद, रास्वपाको कार्यकर्ताको ट्याग बोकेर फर्किए

काठमाडौँ – फागुन २१ को निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी– सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी

रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि