हिजबुल्लाहले लियो इजरायली प्रधानमन्त्रीको निवासमा ड्रोन आक्रमणको जिम्मेवारी « Khabarhub

हिजबुल्लाहले लियो इजरायली प्रधानमन्त्रीको निवासमा ड्रोन आक्रमणको जिम्मेवारी


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – हिजबुल्लाहले मङ्गलबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको घरलाई लक्षित गरी गत हप्ता गरिएको ड्रोन आक्रमणको जिम्मेवारी लिएको छ। साथै उसले इजरायली सेनाले आफ्ना केही लडाकूलाई पक्राउ गरेको स्वीकार गरेको छ ।

बेरुतको दक्षिणी उपनगरमा इजरायलले खाली गर्ने चेतावनी दिएको केही समयअघि हिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफले उक्त स्थानमा आयोजित पत्रकार सम्मेलनमा यी कुराहरू बताए ।

एएफपीका एक भिडियो पत्रकारका अनुसार पत्रकारहरूले छोडेको केही मिनेटपछि सम्मेलन स्थलबाट सयौँ मिटर टाढाको लक्ष्यमा इजरायली आक्रमण भएको थियो ।

‘हिजबुल्ला नेतान्याहूलाई लक्षित गरी गरिएको कैसरिया अभियानको पूर्ण, सम्पूर्ण र एकल जिम्मेवारी घोषणा गर्दछ’, अफिफले भने । शनिबार नेतन्याहूले केन्द्रीय शहर कैसरियामा रहेको आफ्नो निवासतर्फ एउटा ड्रोन प्रक्षेपण गरिएपछि आफू र आफ्नी पत्नीको हत्या गर्ने प्रयास गरेको आरोप हिजबुल्लामाथि लगाएका थिए ।

अफिफले सङ्ख्या उल्लेख नगरी समूहका केही लडाकूहरू इजरायली सेनाद्वारा पक्राउ परेको पनि स्वीकार गरे । ‘हाल शत्रुको कब्जामा रहेका बन्दीहरूको विषयमा मलाई थाहा छ कि शत्रु युद्धको नैतिकता र अन्तर्राष्ट्रिय सम्झौताहरूप्रति प्रतिबद्ध छैन तर बन्दीहरूको जीवन संरक्षण गर्ने जिम्मेवारी उसको हो’, उनले भने ।

यसअघि इजरायली सेनाले लेबनानमा आफ्नो स्थल आक्रमणको सुरुआतदेखि जम्मा चार हिजबुल्लाह लडाकूलाई पक्राउ गरेको बताएको थियो र तीमध्ये एक जनाले प्रश्नहरूको जवाफ दिएको देखाउने भिडियो फुटेज जारी गरेको थियो ।

अफिफले समूहको माइक्रो–फाइनान्सिङ कम्पनी अल–कर्द अल–हसनले गत हप्ताको इजरायली आक्रमणअघि सबै आवश्यक सावधानीहरू अपनाएको र निक्षेपकर्ताहरूप्रति आफ्नो ‘दायित्व पूरा गर्ने’ प्रतिबद्धता जनाए ।

उनले भने, ‘यस्तो… आक्रमणको पूर्वानुमान गरेको थियो र सबै सावधानीहरू अपनाएको छ र निक्षेपकर्ताहरूप्रति आफ्नो दायित्व पूरा गर्न आवश्यक सबै काम गर्नेछ ।’

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ९ : ५९ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको