ब्रेकिङ स्टोरी

बिक्दैछन् तिहारलाई झिलिमिली बनाउने पाला (तस्बिरहरू)

By खबरहब

October 22, 2024

काठमाडौं–  तिहार र छठ पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका  बजारमा परम्परागत पाला बिक्री हुन थालेको छ ।

घ्यु-तेल राखेर कपास र धागोको बत्ती बाल्दै पालाले तिहार उज्यालो बनाउने परम्परा छ । अहिले काठमाडौंको भेडासिंहस्थित माटोका भाडा किनबेच भइरहेको देखिन्छ । त्यहाँ तिहारका लागि पाला किन्न जाने मानिसको संख्या पनि उल्लेख्य देख्न सकिन्छ । 

तिहारमा झिलिमिली बनाउन अचले बिजुली बत्तीको पनि प्रयोग हुन्छ । तर नेपाली संस्कृतिसँग जोडिएको पाला प्रयोग पनि रोकिएको छैन ।

पालामा तेल र बाती राखेर बाल्ने परम्परा घरघरमा कायमै छ । तिहार आएपछि वर्षेनि पालाको माग धेरै हुने गरेको यसका निर्माताहरू बताउँछन् ।