पहिलो त्रैमासिकमा ६८ कारेड बढी राजस्व संकलन | Khabarhub Khabarhub

पहिलो त्रैमासिकमा ६८ कारेड बढी राजस्व संकलन


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– आन्तरिक राजस्व कार्यालय झापाले आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिकमा ६९ करोड २८ लाख ५७ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम आव २०८०–८१ को सोही अवधिका तुलनामा नौ दशमलव ८१ प्रतिशतले बढी हो ।

कार्यालयको तथ्याङ्कानुसार गत आव २०८०–८१ को पहिलो त्रैमासिकमा ६३ करोड नौ लाख ३५ हजार राजस्व सङ्कलन गरेको थियो । अन्तरिक राजस्व कार्यालयले चालु आव २०८१–८२ मा चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए ।

‘चालु आवको पहिलो त्रैमासिकमा ८१ करोड ४० लाख ५४ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकोमा लक्ष्यको ८५ दशमलव ११ प्रतिशत राजस्व सङ्कलन भयो’, उनले भने, ‘चालु आवको पहिलो त्रैमासिकमा गत आवको सोही अवधिको तुलनामा राजस्व असुली बढे पनि चालु आवमा राजस्व असुलीको लक्ष्य बढेर आएकाले सोअनुसार सङ्कलन हुन सकेन ।

कार्यालयले पहिलो त्रैमासिकमा आयकरबाट २४ करोड पाँच लाख ४९ हजार, ब्याजबापत दुई करोड ८८ लाख ७६ हजार, मूल्य अभिवृद्धि करबापत २६ करोड ४२ लाख ३५ हजार, अन्तःशुल्कबापत १५ करोड आठ लाख ९१ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको प्रमुख कर अधिकृत काफ्लेले बताए । उनका अनुसार स्थानीय उद्योग वाणिज्य सङ्घहरूको समन्वयमा निरन्तर करदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ ।

भारतसितको खुला सिमानाका कारण अवैध रूपमा हुने गरेको निकासी पैठारीले राजस्व सङ्कलनमा असर परिरहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  १० : ३६ बजे

अर्थमन्त्री भन्छन्- प्रधानमन्त्रीसँग दूरी बढेको सत्य होइन

काठमाडौं– उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्रीसँग आफ्नो दूरी बढेको

सहकारीका ठूला बचतकर्ताको स्रोतबारे राज्य मौन

काठमाडौं – पछिल्लो समय सहकारी क्षेत्रमा बचत अपचलन समस्या बढ्दो

रोग लाग्न नदिनको लागि स्पष्ट निरोधात्मक नीति आवश्यक छ : मन्त्री पौडेल 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानसिक रोगीहरूको सङ्ख्या बढिरहेको

प्रधानमन्त्रीले उद्घाटन गरे दमकको व्यापारिक कम्प्लेक्स (तस्बिरहरू)

झापा- प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका- ३, दापगाछीस्थित

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले कुटपिट गरेको भन्दै सहकारीपीडित मानव अधिकार आयोगमा

काठमाडौं– सहकारी पीडितहरूले आफूले शान्तिपूर्ण आन्दोलन गरिरहेकै बेला कानून विपरीत