डेंगु सङ्क्रमितको सङ्ख्या २२ हजार नाघ्यो, ११ जनाको मृत्यु | Khabarhub Khabarhub

डेंगु सङ्क्रमितको सङ्ख्या २२ हजार नाघ्यो, ११ जनाको मृत्यु


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं हुम्ला बाहेक देशका सबै जिल्लामा फैलिएको डेंगु सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्यांंक अनुसार गत जनवरीयता हालसम्म २२ हजार ८२ जनामा डेंगु सङ्क्रमण भएको छ । सोमध्ये ११ जनाको मृत्यु भएको हो । 

यस्तै, डेंगु सङ्क्रमण ७७ जिल्लामध्ये ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेंगु सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ । काठमाडौँमा डेंगु सङ्क्रमणबाट हालसम्म ३ हजार ५ सय ९४ जना प्रभावित भएका छन् । यस्तै, कास्कीमा ३ हजार १ सय ८८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

डेंगु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग भएकाले लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नु पर्ने चिकित्सकको सुझाव छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  १ : ५१ बजे

नमित मल्होत्राको खुलासाः चार हजार करोडको ‘रामायण’ विश्वकै सबैभन्दा ठूलो फिल्म

काठमाडौं – नितेश तिवारीद्वारा निर्देशित रामायण अहिले यसको भव्यता, विशाल

कानूनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत रहेको विभिन्न चारवटा समितिका बैठक बस्दैछन्

किन फरफराउँछ आँखा ? यस्तो छ कारण

काठमाडौं- हाम्रो समाजमा आँखा फरफराउनुलाई शुभ या अशुभ संकेत मान्ने

शेखको शतकले भारत र इंग्ल्यान्डको युवा टेस्ट बराबरीमा सकियो

काठमाडौं – भारत र इंग्ल्यान्डको युवा टोलीको टेस्ट बराबरीमा सकिएको

फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? यसो गर्नुहोस्

काठमाडौं- तपाईंको फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? ब्याट्री