स्वास्थ्य

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. बराल भारतमा सम्मानित 

By खबरहब

October 22, 2024

काठमाडौं– नेपालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद बराललाई भारतमा सम्मान गरिएको छ । 

भारतको इन्डियन सोसाइटी अफ मेडिकल एन्ड पेडियाट्रिक अंकोलोजी (आइएसएमपिओ) ले डा. बराललाई दिल्लीमा सम्मान गरेको हो । डा. बरालले क्यान्सर उपचारका क्षेत्रमा गरेको योगदानको कदर गर्दै भारतको क्यान्सर सम्बन्धी ठूलो संस्थाले सम्मान गरेको हो । 

आइएसएमपिओले आयोजना गरेको क्यान्सर कन्फ्रेन्समा नेपालका डा. बराललाई अवार्डसहित सम्मान गरिएको हो । डा. बरालले अवार्ड र सम्मानले आफूलाई यस क्षेत्रमा काम गर्न थप हौसला प्रदान गरेको जानकारी दिए । क्यान्सर रोग विशेषज्ञ डा बरालले नेपालका विभिन्न अस्पतालसहित देशका विभिन्न स्थानमा पुगेर बिरामीको सेवा गरिरहेका छन् ।

भक्तपुर क्यान्सर अस्पतालका पूर्व निर्देशक समेत रहेका डा. बरालले हजारौं क्यान्सरका बिरामीलाई नयाँ जीवन दिएका छन् ।