धनराज पूर्वपत्नी ज्योतिविरुद्ध ‘रेड नोटिस’ जारी गर्न सिफारिस | Khabarhub Khabarhub

धनराज पूर्वपत्नी ज्योतिविरुद्ध ‘रेड नोटिस’ जारी गर्न सिफारिस


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरको मितेरी सहकारीको करोडौँ रकम अपचलन भएको घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दुई जनाविरूद्ध रेड नोटिस जारी गर्न सिफारिस गरेको छ।

सीआईबीले ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिड को-ओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ बचत हिनामिनाको अनुसन्धान गरिरहेको छ ।

सीआईबीले सहकारी ठगीको आरोप लागेकी ज्योति गुरुङविरुद्ध रेड नोटिस जारी गर्न सिफारिस गरेको हो । ज्योति कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वश्रीमती हुन् ।

मितेरी सहकारीले बचतकर्ताको १२ करोड ५९ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ ।

त्यही सहकारीका ज्योतिबहादुर भण्डारीविरुद्ध पनि रेड नोटिस जारी गर्न माग गरिएको छ । बर्दियाका भण्डारीसँग मिलेमतो गरेर गुरुङले सहकारीको रकम हिनामिना गरेको पाइएको छ ।

सहकारी विवाद आएपछि उनीहरुले कागजी सम्बन्धविच्छेद गरेको आरोप लाग्ने गरेको छ । यस प्रकरणमा कांग्रेस उपसभापति गुरुङविरुद्ध भने अझैसम्म अनुसन्धान अघि बढिसकेको छैन।

सम्बन्धविच्छेद भएपछि पनि गुरुङले सहकारीमा ऋण तिरेको पाइएको छ । उक्त ऋण तिर्न धनराजले भाटभटेनीका मालिक मीनबहादुर गुरुङसँग ९२ लाख लिएको विषय बाहिरिइसकेको छ ।

मितेरी सहकारीको रकम अपचलन गरेको आरोपमा ज्योति गुरुङ, ज्योति बहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादवविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ३ : ०८ बजे

संवैधानिक इजलासमा तीन धार, ५२ भाइको संसदीय सुनुवाई हुनुपर्ने सपनाको परमादेश ( पूर्णपाठसहित)

काठमाडौं– विगतको ओली सरकारले अध्यादेशमार्फत ०७७ सालमा नियुक्त गरेका ५२

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक पदाधिकारी नियुक्ति बहुमतद्वारा सदर

काठमाडौं – सर्वोच्च अदालतले विवादमा परेका ५२ जना संवैधानिक पदाधिकारीहरूको

संवैधानिक पदाधिकारी नियुक्ति विवादमा इजलासमै फैसला पढेर सुनाउने तयारी

काठमाडौं – ५२ जना संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च

मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अनुसन्धान भइरहेको मुद्दा मिलाइ

बाराको जगदम्बा स्टिलको भट्टीमा विस्फोट

बारा – बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित जगदम्बा स्टिल उद्योगको भट्टीमा