सवारीसाधन गुड्न मिल्ने गरी सञ्चालनमा आयो खुर्कोटको बेलिब्रिज « Khabarhub

सवारीसाधन गुड्न मिल्ने गरी सञ्चालनमा आयो खुर्कोटको बेलिब्रिज


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

रामेछाप– बाढीले बगाएको सिन्धुली-रामेछाप जोड्ने सुनकोसी नदीमा जडान भएको बेलिब्रिज आजबाट सञ्चालनमा आएको छ ।

बेलिब्रिज भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बेलिब्रिजको शुभारम्भ गरेका हुन् ।

गत असोज ११ र १२ गते परेको अविरल वर्षासँगै आएको बाढीले सिन्धुलीको गोलन्जोर गाउँपालिकाको खुर्कोट र रामेछापको मन्थली नगरपालिकाको सेलेघाट जोड्ने खुर्कोट पुल बगाएको थियो।

पुल बगाएपछि नेपाली सेनाले बेलिब्रिज बनाएको हो । नेपाली सेनाले तीन सातामै सुनकोशी नदीमा एमपिबी (मोडुलर प्यानल ब्रिज) राखेर सिन्धुली र रामेछाप जिल्लालाई जोडेको थियो । निर्माण सम्पन्न भए पनि पुलको मुखमा ढलान गरिएकाले यातायात सञ्चालन भने भएको थिएन ।

बाढीले मन्थली, रामेछापतर्फको एउटा भाग बगाएपछि सडक सम्पर्क पूर्ण रुपमा टुटेको थियो ।

 

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ४ : १९ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको