आर्चर आइपिएल सूचीमा : अक्सनमा सहभागी हुने « Khabarhub

आर्चर आइपिएल सूचीमा : अक्सनमा सहभागी हुने


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काडमाडौं – पहिला सर्ट लिस्ट गरिएका खेलाडीको सूचीमामा समावेश नभएका इङ्गल्यान्डका जोफ्रा आर्चर इन्डियन प्रिमियर लिग (आइपिएल)को अक्सनमा सहभागी हुने भएका छन्।

गत साता सार्वजनिक गरिएको ५७४ जनाको सूचीमा नअटाएका आर्चरको नाम अहिले भने सूचीमा छ। आइपिएलको मेघा अक्सन आइतबार र सोमबार साउदी अरेबियाको जेदाहमा हुनेछ। सन् २०२० देखि उनी चोटसँग सङ्घर्ष गरिरहेका थिए।

गत वर्ष कुहिनाको चोट बोकेका उनी पछिल्लो केही समयदेखि खेलमा सक्रिय छन्। चार वर्ष टाढा रहेका उनी गएको मेदेखि टेस्ट खेलमा सहभागी भएका हुन्।
उनका लागि यो आइपिएल धेरै अर्थमा महत्त्वपूर्ण रहन सक्छ। आइपिएलमा फर्किएर इङ्गल्यान्डका छनोटकर्तालाई प्रभावमा पार्न सक्छन्। चोट अगाडि आर्चर प्रिमियर पेस बलरको संसारमा परिचय बनाउन सफल भएका थिए।

आइपिएलको अक्सनमा इङ्गल्यान्डका ३८ खेलाडी सहभागी भएका छन्। सीमित ओभरका कप्तान जोस बटलर तथा ४२ वर्षीय जेम्स एन्डरसन पनि सूचीमा छन्।

इङ्गल्यान्डबाट सबै भन्दा धेरै अन्तर्राष्ट्रिय विकेट लिएका एन्डरसनले ओभरसिज फ्रेन्चाइज भने खेलेका छैनन्। टेस्ट कप्तान बेन स्टोक्स, अर्का फास्ट बलर मार्क उड र जोए रुट भने यस पटकको अक्सनमा छैनन्।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ७ : ३६ बजे

धोवीखोला नदी करिडोर सडक धमाधम मर्मत गरिँदै

काठमाडौं– काठमाडौंको धोवीखोला नदी करिडोर सडक मर्मत गरिएको छ । शहरी

छेकम्पारमा आगलागी हुँदा एक जना घाइते 

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित लेरु गाउँमा आज आगलागी

उत्पादकत्व वृद्धि गर्न कृषि पकेट क्षेत्र निर्धारण

दोधारा चाँदनी- कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कृषि

हेलिकप्टरमा वनभोज खान गएका बानियाँ भन्छन् : मुख्यमन्त्री भएयता मितव्ययी र पारदर्शी भएको छु

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदभार सम्हालेसँगै प्रदेश सरकारको

प्रचण्डले जितेको गोरखा २ बाट एमालेले चक्रे मिलनलाई अघि सार्‍यो

काठमाडौं- गोरखा क्षेत्र नं–२ बाट फागुन २१ गतेको प्रतिनिधि सभाको