करिब ८५ किलोग्राम गाँजासहित तीन जना पक्राउ | Khabarhub Khabarhub

करिब ८५ किलोग्राम गाँजासहित तीन जना पक्राउ


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पर्सा–  वीरगन्ज महानगरपालिका-१६ बाइपास रोडस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ८५ किलो ८ सय ग्राम सहित सिन्धुपाल्चोक बलेफी गाउँपालिका-६ बस्ने ३५ वर्षीय शान्ता बहादुर तिमल्सिनासमेत तीन जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा वीरगंजबाट खटिएको प्रहरीले बसपार्कबाट रजतजयन्ती चोकतर्फ जाँदै गरेको ना.४ ख ९२५८ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा प्लाष्टिकको बोरामा लुकाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक शान्ता बहादुर र ट्रकमा सवार २ जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  १ : ४१ बजे

आजका समाचार : उपनिर्वाचनमा तीन ठूला दलकै पकड, चीन पुगे प्रधानमन्त्री र एनपीएलमा जनकपूर बोल्ट्सको रवाफ

बेइजिङ पुगे प्रधानमन्त्री ओली, उपमन्त्री सुनले गरे स्वागत प्रधानमन्त्री केपी

कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने

काठमाडौं – कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले विभिन्न प्रदेशका कृषि

दोलखा गौरीशंकर अपडेट : एमालेले लियो अग्रता, माओवादी र कांग्रेस पछ्याउँदै

दोलखा– दोलखाको गौरीशङ्कर गाउँपालिकाको  उपाध्यक्षका लागि आइतबार भएको उपनिर्वाचनको मतगणना

कीर्तिपुरमा कांग्रेसका डंगोलले बढाए अग्रता, एमालेका मानन्धर पछ्याउँदै

काठमाडौं- स्थानीय तह उपनिर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले

जब दर्शकहरू क्रिकेट मैदानमा छिरे…

काठमाडौं- जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेलपछि एक्कासि दर्शकहरू मैदानमा