महाकाली सन्धिको बचाऊ गर्दै शंकर पोखरेलले भने- त्यसबेला एमाले फुटाए, अहिले सक्न खोज्दैछन् « Khabarhub

महाकाली सन्धिको बचाऊ गर्दै शंकर पोखरेलले भने- त्यसबेला एमाले फुटाए, अहिले सक्न खोज्दैछन्


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई समाप्त पार्न ठूलो प्रपञ्च रचिएको दाबी गरेका छन् ।

शुक्रबार एमालेले काठमाडौंमा गरेको जागरण सभालाई सम्बोधन गर्दै उनले एमालेलेलाई कसरी सिध्याउन सकिन्छ भनेर केही व्यक्ति लागिपरेको जिकिर गरे ।

‘विकास र समृद्धिको अभियानमा होस् या सामाजिक सुरक्षासहितको लोककल्याण्कारी राज्य स्थापनामा एमालेले पहल गर्दै आएको छ । तर हाम्रो पार्टीलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन्’, उनले भने ।

महासचिव पोख्रेलले मुलुकमा संकट आउँदा संकटबाट जोगाउन एमालेले जागरण सभा गरेको जिकिर गरे ।

‘मुलुकलाई संकटबाट माथि उठाउने उद्देश्यका साथ अगाडि बढिरहेको बेला हाम्रो प्रयासलाई असफल बनाउने उदेश्यका साथ नेपाली राजनीतिमा भ्रम र दुस्प्रचारको श्रृंखला अगाडि बढाउने जुन प्रकारकोकाम भएको छ । त्यसलाई चिरेर मुलुकलाई विकास र समृद्धिको यात्रामा अगाडि लैजाने संकल्प र अठोटका साथ यो जागरण सभा गरिएको हो’, उनले भने ।

उनले एमालेले सदैव जनतालाई केन्द्रबिन्दूमा राखेर काम गर्दै आएको दाबी गरे ।

‘यो राष्ट्रको विकास र समृद्धिका लागि हाम्रो पार्टीले हरदम जनताको पक्षमा काम गर्दै आइरहेका छौँ । इतिहासका हरेक मोडहरुमा जतिबेला नेपाली राजनीतिलाई निरंकुशतामा जगेट्ने काम भएको थियो । त्यसविरुद्धको नेतृत्व गर्ने समयदेखि विकास र समृद्धिको यात्राको नेतृत्व गर्ने कुरामा एमाले सदैव अगाडि छ । नेपालको स्वाधिनता राष्ट्रिय हित र अखण्डताको रक्ष गर्ने सवालमा होस् वा समृद्ध नेपाल सुखी नेपालीको यात्रामाहोस् वा सामाजिक सुरक्षसहितको योजनामा होस् हाम्रो पार्टीले सदैव अग्रभागमा रहेर काम गर्दै आइरहेको छ,’ उनले भने ।

पोख्रेलले महाकाली सन्धिको बचाउ गर्दै अहिले पनि एमालेलाई सक्ने खेल भइरहेको बताएका छन् । महाकाली सन्धि गरेकै कारण एमाले विभाजन भएको स्मरण गर्दै उनले उक्त सन्धि राष्ट्रवादी भएको दाबी गरे ।

‘अहिले हाम्रो पार्टीलाई समाप्त गर्नका लागि अनेक प्रकारका प्रपञ्चहरु गरिरहेका छन् । कहिले महाकाली सन्धीका नाममा पार्टीलाई विभाजन गर्ने दुस्प्रयास गरियो । तर, मभन्न चाहान्छु महाकालीसन्धि नेपालको राष्ट्रिय हितको विपक्षमा हुन्थ्यो भने उहिल्यै खारेज भइसक्थ्यो । नेपालको सबैभन्दा राष्ट्रवादी सन्धिको रुपमा रहेका महाकाली सन्धिलाई कार्यान्वयन गर्नेक्रममा हाम्रो पार्टीलाई वदनाम गर्ने कोशिमात्र भएन हाम्रो पार्टीलाई विभाजन गर्ने प्रयास गरियो । तर यही कार्यकर्तापक्ति हो जसले पार्टीको रक्षाका लागि चट्टान बनेर खडा भयो । विभाजन गरिएको पार्टीलाई फेरि एकतावद्ध बनाईयो’ उनले भने ।

महासचिव पोखरेलले नेपालमा कम्युनिष्टहरूको सरकार आएमा वृद्धवृद्धालाई मार्छन भनेर भ्रम छरिएको स्मरण गर्दै तत्कालीन एमालेका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा बनेको ९ महिने सरकारको पालामा वृद्धवृद्धालाई सामाजिक सुरक्षा भक्ता दिएर त्यो भ्रम चिरिएको स्मरण गरे ।

‘मनमोहन अधिकारीको सरकारको पालामा सामाजिक सुरक्षा भक्ता वितरण गरेर नेपालमा सामाजिक सुरक्षाको एउटा मोडेल स्थापित गर्यो । हाम्रै अध्यक्ष प्रधानमन्त्री भएको बेला सामाजिक सुरक्षा योजनको अवधारणा अघि सार्यो’ उनले भने ।

पोखरेलले मुलुकलाई संकट परेको बेला संकटबाट मुक्त गर्ने पार्टी एमाले नै भएको जिकिर गरे ।

‘मुलुकमा नाकाबन्दी भएको बेला स्वभाविक रुपमा नाकाबन्दीको डटेर सामना गर्ने र भविष्यमा कहिल्यै नाकाबन्दी लाग्न नसक्ने परिस्थितिको निर्माण गरेको थियो । त्यो नेतृत्व कसले गर्यो भन्दा हाम्रै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो’, उनले भने, ‘हामीले नै नाकाबन्दीको डटेर सामाना गर्यौँ । सुगौली सन्धिका बेलाको मिचिएको भूमि हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला नेपालको नयाँ नक्सा निकाल्यो । नेपालको सार्वभौम सत्ताका लागि पहरेदार बनेर खडा भयौँ ।’

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ३ : ०२ बजे

सरकारलाई गायिका एलिनाको प्रश्न : ज्यान जानुको जिम्मेवार को ?

काठमाडौं – तराई मधेशमा फैलिएको तनावमा चार जनाले ज्यान गुमाएपछि

एसएसपीदेखि एआईजीसम्मका १५ उच्च प्रहरी अधिकृतलाई तराई-मधेशमा पठाइयो 

काठमाडौं– तराई–मधेशमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाको मूल्यांकन गर्दै नेपाल

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेशवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी