कृषि विकास बैंकले किसानलाई नै केन्द्रमा राखेर काम गर्नुपर्‍यो : उपप्रधानमन्त्री सिंह « Khabarhub

कृषि विकास बैंकले किसानलाई नै केन्द्रमा राखेर काम गर्नुपर्‍यो : उपप्रधानमन्त्री सिंह


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उप–प्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकासमा कृषि विकास बैंकको अहम् भूमिका रहेको बताउँदै किसानलाई केन्द्रमा राखेर काम गर्न सुझाव दिएका छन् ।

कृषि विकास बैंकको केन्द्रीय कार्यालयस्थित नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले आज आयोजना गरेको ‘वित्तीय सन्देश स्मारिकाको १५औँ अङ्क’ विमोचन समारोहमा बोल्दै मन्त्री सिहंले कृषि विकास बैंकको महत्वबारे आफ्नो धारणा राखेका छन् ।

उनले कृषि विकास बैंक निजी क्षेत्रका बैंक भन्दा फरक र अहम् भूमिकामा रहेको उल्लेख गरे । यस बैंकले किसानको घर दैलोसम्म पुगेर सेवा प्रदान गर्ने दायित्व रहेकाले अरु बैंकको भन्दा बढी जिम्मेवारी रहेको बताउनुभयो । बैंकमा भएको कर्मचारीका समस्याबारे समाधान निकालेर सेवामा सकारात्मक भाव पैदा गर्न उनले सुझाव दिए । ‘कृषि विकास बैंकले जनताको सेवामा निरन्तर योगदान दिँदै आएको छ’, उनले भने, ‘सेवामा खटिने कर्मचारीको समस्या सुल्झाएर बैंक बलियो बनाउन तर्फ लाग्नुपर्छ ।’

नेपाल वित्तीय संस्था कर्मचारी सङ्घका अध्यक्ष रामबहादुर रावलले आन्दोलन पश्चात् कर्मचारीका सामाजिक सुरक्षा लगायतका माग पूरा गर्ने बोर्ड समितिसँग सहमति भएको तर ती माग अर्थ मन्त्रालयमा रोकिएकोले तुरुन्तै समाधान गर्न आग्रह गरे ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्द गुरुङले कुनै पनि संस्थाको जनशक्ति उत्साहजनक नभए त्यसको प्रभाव संस्थाको सेवामा पर्ने हुँदा उक्त मागबारे सुनुवाइ गरिनुपर्ने बताए ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ५ : ३१ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध