मन्त्री यादवको निर्देशन- देशभरका खानेपानी आयोजना चाँडो मर्मत गर्नुहोस्  « Khabarhub

मन्त्री यादवको निर्देशन- देशभरका खानेपानी आयोजना चाँडो मर्मत गर्नुहोस् 


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले गत असोजमा परेको अविरल वर्षासँगै गएको बाढीपहिरोका कारण क्षति भएका देशभरिका खानेपानी आयोजनाको मर्मत कार्यलाई छिटो सम्पन्न गर्न निर्देशन दिएका छन्  ।

गत असोज ११ गतेदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशभरिका खानेपानी प्रणालीमा गम्भीर प्रभाव परेको र क्षति पुर्याएका खानेपानी तथा पानी आपूर्ति बन्द भएका ठाउँमा हाललाई अस्थायी रूपमा भए पनि मर्मत एवं पुनर्निर्माण गरेर जनतालाई नियमित रूपमा पानी आपूर्ति गर्न मन्त्री यादवले निर्देशन दिएका हुन् ।

मन्त्री यादवले भने, ‘गत असोज ११ गतेदेखिको बाढीपहिरोले हाम्रा खानेपानीका आयोजनामा ठूलो क्षति गरेको छ, कतिपय ठाउँमा अहिलेसम्म पानी सञ्चालन गर्न सकिएको छैन, हाललाई अस्थायी रूपमा भए पनि आवश्यक प्राविधिक सहायता र स्रोत साधन तुरुन्त परिचालन गरी पानी आपूर्ति सहज गर्नुहोला ।’

यसै गरी मन्त्री यादवले बाढीपहिरोले क्षति गरेका खानेपानीका आयोजनाको पुनर्निर्माणलगायत कामका लागि आवश्यक पर्ने बजेटको व्यवस्थाका लागि आफूले पहल गरिरहेकाले हाललाई पानी आपूर्ति सहज गराउनतर्फ सबै क्षेत्रबाट लाग्न आग्रह गरे  ।

उनले भने, ‘बाढीले क्षति गरेका खानेपानीका आयोजना पुनर्निर्माणलगायत कामका लागि बजेटको व्यवस्था गर्दै छौँ, तपाईँहरू आवश्यक प्राविधिक सहायता र स्रोत साधन परिचालन गरी काम अगाडि बढाउनुहोला ।’

बाढीपहिरोले देशभरिमा एक हजार छ सयभन्दा बढी खानेपानी आयोजनामा क्षति पुगेको खानेपानी मन्त्रालयले जनाएको छ ।

बाढीपहिरोले छ अर्ब रुपैयाँ भन्दा बढी क्षति भएको तथा एक हजार छ सय १६ आयोजनामा क्षति पुगेको एवं कम्तीमा पनि २५ लाख जनसङ्ख्यालाई प्रत्यक्ष रूपमा असर पारेको मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर (सिडीइ) वीरेन्द्र कँडेलले जानकारी दिए । उनका अनुसार देशभरका ५८ जिल्लाका पाँच लाख घरपरिवार बढीपहिरोले प्रभावित भएका छन् ।

काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, उदयपुर, सुनसरीलगायत जिल्लामा सबैभन्दा बढी खानेपानीका आयोजनामा क्षति पुगेको मन्त्रालयले जनाएको छ । उक्त अबिरल वर्षासँगैको बाढीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को सुन्दरीघाटस्थित इलेक्ट्रोमेकानिकल शाखामा क्षति भएको जनाइएको छ ।

मन्त्रालयका अनुसार बाढीले केयुकेएलको रु एक अर्ब क्षति भएको छ । यसै गरी काभ्रेको तेमाल खानेपानी आयोजनामा १० करोड रुपैयाँ क्षति भएको छ ।

बाढीपहिराले देशभरका विभिन्न खानेपानी आयोजनाका इन्टेक, सम्पबेल, पाइप लाइन, पानी ट्याङ्की, प्रशोधन प्लान्टमा क्षति पुगेको मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले बताए ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ६ : ४६ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा