रुसले क्षेप्यास्त्र आक्रमण गर्ने सम्भावनापछि युक्रेनको संसद् बैठक रद्द « Khabarhub

रुसले क्षेप्यास्त्र आक्रमण गर्ने सम्भावनापछि युक्रेनको संसद् बैठक रद्द


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनको संसदले किभमा रुसी क्षेप्यास्त्र आक्रमणको खतरालाई ध्यानमा राख्दै शुक्रबारको बैठक रद्द गरेको छ ।

युक्रेनी सांसद येभगेनिया क्रभचुकले संसदको प्रश्न अवधि रद्द गरिएको बताएका छन् । येभगेनिया क्रभचुकले समाचार एजेन्सी एएफपीसँग भने,’आगामी दिनहरूमा कीभमा आक्रमणहरू तीव्र हुने अपेक्षा गरिएको छ ।’

बिहीबार युक्रेनी वायुसेनाले रुसले डिनिप्रो सहरतर्फ अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गरेको बताएको थियो । त्यसपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि विज्ञप्ति जारी गरेका छन् ।

जेलेन्स्कीले भनेका थिए, रुसले ब्यालेस्टिक मिसाइल जस्तै नयाँ रकेट प्रयोग गरेको छ । जेलेन्स्कीले भने- ‘रुसी ब्यालेस्टिक मिसाइलद्वारा डिनप्रो सहरमा भएको आक्रमणले रुस यो युद्धलाई अझ गम्भीर बनाउन चाहन्छ भन्ने देखाउँछ ।’

यसपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डिनिप्रोमा भएको आक्रमण युक्रेनी आक्रमणको प्रतिक्रिया भएको बताएका छन् । डिनप्रो आक्रमणको बारेमा जानकारी दिँदै पुटिनले भने, ‘यो आक्रमण मध्यम दूरीको मिसाइलद्वारा गरिएको थियो, जसको कोड नाम ओराश्निक हो । यो मिसाइलले १० म्याच अर्थात् २.५ देखि ३ किलोमिटर प्रति सेकेन्डको गतिमा आफ्नो लक्ष्यमा पुगेको थियो ।’

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ७ : १० बजे

किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी

ढोरपाटन– ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका छन्

चालीस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री-वितरण नगर्न विभागको निर्देशन

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य

निर्वाचन आउन ५५ दिन बाँकी : १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

काठमाडौं– निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज(शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २५ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २५ गते शुक्रबार तदनुसार