रुसले क्षेप्यास्त्र आक्रमण गर्ने सम्भावनापछि युक्रेनको संसद् बैठक रद्द « Khabarhub

रुसले क्षेप्यास्त्र आक्रमण गर्ने सम्भावनापछि युक्रेनको संसद् बैठक रद्द


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनको संसदले किभमा रुसी क्षेप्यास्त्र आक्रमणको खतरालाई ध्यानमा राख्दै शुक्रबारको बैठक रद्द गरेको छ ।

युक्रेनी सांसद येभगेनिया क्रभचुकले संसदको प्रश्न अवधि रद्द गरिएको बताएका छन् । येभगेनिया क्रभचुकले समाचार एजेन्सी एएफपीसँग भने,’आगामी दिनहरूमा कीभमा आक्रमणहरू तीव्र हुने अपेक्षा गरिएको छ ।’

बिहीबार युक्रेनी वायुसेनाले रुसले डिनिप्रो सहरतर्फ अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गरेको बताएको थियो । त्यसपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि विज्ञप्ति जारी गरेका छन् ।

जेलेन्स्कीले भनेका थिए, रुसले ब्यालेस्टिक मिसाइल जस्तै नयाँ रकेट प्रयोग गरेको छ । जेलेन्स्कीले भने- ‘रुसी ब्यालेस्टिक मिसाइलद्वारा डिनप्रो सहरमा भएको आक्रमणले रुस यो युद्धलाई अझ गम्भीर बनाउन चाहन्छ भन्ने देखाउँछ ।’

यसपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डिनिप्रोमा भएको आक्रमण युक्रेनी आक्रमणको प्रतिक्रिया भएको बताएका छन् । डिनप्रो आक्रमणको बारेमा जानकारी दिँदै पुटिनले भने, ‘यो आक्रमण मध्यम दूरीको मिसाइलद्वारा गरिएको थियो, जसको कोड नाम ओराश्निक हो । यो मिसाइलले १० म्याच अर्थात् २.५ देखि ३ किलोमिटर प्रति सेकेन्डको गतिमा आफ्नो लक्ष्यमा पुगेको थियो ।’

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ७ : १० बजे

चर्चाका रिल जोडी

काठमाडौं – पर्दामा मिठो केमेस्ट्रीले गर्दा नायक–नायिका वास्तविक जोडीका रुपमा

भारतीय सेना प्रमुख काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं– भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चारदिने भ्रमणको सिलसिलामा

‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’

काठमाडौं- नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष तथा पूर्वमन्त्री घनश्याम भूसालले मुलुक

इतरको भेला उद्घाटनमा गएका पूर्णबहादुर समापनमा किन भए गयल ?

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला समापनका दिन

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली– कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित