एक महिनामा भित्रिए १ लाख ७२ हजार स्मार्टफोन « Khabarhub

एक महिनामा भित्रिए १ लाख ७२ हजार स्मार्टफोन


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्ष ०८१/८२ को महिनामा नेपालमा ८ लाख २७ हजार ९ सय २५ थान स्मार्ट फोन आयात गरिएकाे छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको कार्तिक महिनासम्ममा १३ अर्ब ४० करोड ४८ लाख ७० हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको हो ।

गत वर्षको सोही अवधिमा भने ११ अर्ब ५३ करोड ९ लाख ५ हजार रुपैयाँ बराबरको ७ लाख ७१ हजार ३ सय २६ वटा स्मार्टफोन नेपाल भित्रिएका थिए । गत वर्षको तुलनामा यस वर्ष ५६ हजार ५ सय ९९ थान स्मार्टफोन बढी आयात भएको हो ।

चलुआवको कार्तिक महिनामा विभिन्न देशबाट १ लाख ७२ हजार २ सय ९४ थान स्मार्टफोन आयात भएका छन् ३ अर्ब ५७ करोड १९ लाख ७१ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको हो । नेपालमा सबैभन्दा फोन चीन र भारतबाट आयात हुने गरेको छ ।

कार्तिकसम्मको तथ्यांक अनुसार चीनबाट ६१ लख १९ हजार फोन आयात भएका छन् भने भारतबाट २ लाख १३ हजार स्मार्टफोन आयात भएका छन् । नेपालमा विश्वका ५० भन्दा बढी देशबाट स्मार्टफोन नेपाल आयात हुने विभागको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ९ : ३८ बजे

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला