बार्सिलोनालाई हराउँदै एट्लेटिको शीर्ष स्थानमा « Khabarhub

बार्सिलोनालाई हराउँदै एट्लेटिको शीर्ष स्थानमा


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तिम समयमा वैकल्पिक खेलाडी अलेक्जेन्डर सोर्लोथले गरेको गोलमा बार्सिलोनालाई २-१ ले हराउँदै एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ।

३० औं मिनेटमा अर्का स्पेनिस मिडफिल्डर जाभीसँगको समन्वयमा पेड्रोले बार्सिलोनालाई अग्रता दिलाएका थिए।

घरेलु भूमिमा भएको खेलमा बार्सिलोनाले अधिक समयमा खेलमा प्रभाव जमाएको थियो। यसका बाबजुद ६० औं मिनेटमा कासाडाले गरेको गल्तीका कारण मार्क रोड्रिगो डो पाउस बराबरी गोल गर्न सफल भए।

बार्सिलोनाले थुप्रै गोलको अवसर गुमाएको खेलको इन्जुरीको समयको छैटौँ मिनेटमा नाहुद मोलिनाको पासमा सोर्लोथले गोल गरे।

प्रतियोगितामा एट्लेटिकाको यो लगातार १२ औं जित हो। यस जितले एट्लेटिको शीर्ष स्थानसहित वर्षको अन्त्य गर्न सफल भएको छ। १८ खेलमा एट्लेटिकोको ४१ तथा १९ खेलमा बार्सिलोनाको ३८ अङ्क छ।

तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको १७ खेलमा ३७ अङ्क छ। रियलले आइतबार सेभियासँग खेल्ने छ।

स्पेनिस ला लिगाका शनिबार राति भएका अन्य खेलमा मालोर्काले गेटाफेलाई १-०, सेल्टा भिगोले रियल सोसिडाडलाई २-० र एथलेटिका क्लबले ओसासुनालाई २-१ ले हराए।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ६ : २५ बजे

बालेनको देश दौडाहा : रास्वपाले राख्यो रविको पनि फोटो

काठमाडौं– पूर्वी नेपालको यात्रा सकेर यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

रसुवामा ट्राफिक कारबाही तीव्र

रसुवा– यहाँ यातायात कार्यालयको अनुमति बेगर खाली कन्टेनर डिब्बा चीनको

सुरौदी खोला कटान : वर्षौँदेखि चुनावी मुद्दा, पीडितका समस्या उस्तै

गण्डकी– कास्कीको दक्षिण भेगमा पर्ने सुरौदी खोला कटान नियन्त्रणको विषय

प्रश्नबाट भाग्ने काम गर्दिन, सर्लाही ४ उत्कृष्ट बनाउँछु : गगन थापा

यहाँ म पहिलो पटक उम्मेदवार बनेकाले भोलि तपाईँ निर्वाचित भएर

भियतनाम–ईयू रणनीतिक साझेदारी सुदृढ

हनोई– भियतनाम र युरोपेली सङ्घ (ईयु) ले बिहीबार कूटनीतिक सम्बन्धलाई