आर्सनलको खेलमा छाए जिसस : क्रिस्टल प्यालेसविरुद्ध पाँच गोल « Khabarhub

आर्सनलको खेलमा छाए जिसस : क्रिस्टल प्यालेसविरुद्ध पाँच गोल


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियरसिपको शनिबार भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई ५-१ ले हराएको छ।

गाब्रियल जिससले आर्सनलका लागि-२ गोल गरे भने काइ हार्भाटेज, गाब्रियल मार्टीनेली र डेकलन राइसले थप गोल गरे। एक साताकै बिचमा जिसस क्रिस्टलका विरुद्धमा जिसस पाँचौँ गोल गर्न सफल भएका छन्।

बुधबार भएको कारबाओ कपको क्वार्टरफाइनलमा पनि उनले ह्याट्रिक गरेका थिए। पहिलो हाफमा आर्सनलका लागि जिससले दुवै गोल गरेका थिए भने प्यालेसका लागि इस्माइला सारले गोल गरे।

छैटौँ मिनेटमा जिससको गोलमा अग्रता लिएको आर्सनलको विरुद्धमा ११ औँ मिनेटमा सारले गोल गरे। १४ औँ मिनेटमा जिससले अर्को गोल गरे।

विजयी आर्सनल १७ खेलमा ३३ अङ्कसहित तेस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको लिभरपुलको १५ खेलमा ३६ अङ्क छ।

दोस्रो स्थानमा रहेको चेल्सीको १६ खेलमा ३४ अङ्क छ। नटिङघम फरेस्टको १७ खेलमा ३१ तथा अस्टन भिल्लाको १७ खेलमा २८ अङ्क छ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ६ : ४३ बजे

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध

प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा

काठमाडौं- निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई