आर्सनलको खेलमा छाए जिसस : क्रिस्टल प्यालेसविरुद्ध पाँच गोल « Khabarhub

आर्सनलको खेलमा छाए जिसस : क्रिस्टल प्यालेसविरुद्ध पाँच गोल


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियरसिपको शनिबार भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई ५-१ ले हराएको छ।

गाब्रियल जिससले आर्सनलका लागि-२ गोल गरे भने काइ हार्भाटेज, गाब्रियल मार्टीनेली र डेकलन राइसले थप गोल गरे। एक साताकै बिचमा जिसस क्रिस्टलका विरुद्धमा जिसस पाँचौँ गोल गर्न सफल भएका छन्।

बुधबार भएको कारबाओ कपको क्वार्टरफाइनलमा पनि उनले ह्याट्रिक गरेका थिए। पहिलो हाफमा आर्सनलका लागि जिससले दुवै गोल गरेका थिए भने प्यालेसका लागि इस्माइला सारले गोल गरे।

छैटौँ मिनेटमा जिससको गोलमा अग्रता लिएको आर्सनलको विरुद्धमा ११ औँ मिनेटमा सारले गोल गरे। १४ औँ मिनेटमा जिससले अर्को गोल गरे।

विजयी आर्सनल १७ खेलमा ३३ अङ्कसहित तेस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको लिभरपुलको १५ खेलमा ३६ अङ्क छ।

दोस्रो स्थानमा रहेको चेल्सीको १६ खेलमा ३४ अङ्क छ। नटिङघम फरेस्टको १७ खेलमा ३१ तथा अस्टन भिल्लाको १७ खेलमा २८ अङ्क छ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ६ : ४३ बजे

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी