चिसो मौसममा किन हुन्छ उच्च रक्तचापको जोखिम ? | Khabarhub Khabarhub

चिसो मौसममा किन हुन्छ उच्च रक्तचापको जोखिम ?


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले चिसो मौसम चलिरहेको छ। यो मौसममा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखिने गर्दछन्। पछिल्लो समय हाम्रो आहार बिहार र जीवनशैलीका कारण मुटुरोगीको संख्या युवावस्थामै बढ्दो छ। चिसो मौसममा हाम्रो शरीरका नसा साँघुरिन्छन्। जसका कारण मुटुलाई भार पर्छ र उच्च रक्तचाप र हृदयघातको समस्या धेरै देखिने चिकित्सक बताउँछन्। पहिलेदेखि नै मुटुसम्बन्धी समस्या भएका, मोटोपन भएका, मधुमेह, कोलेष्ट्रोललगायत दीर्घरोगी र बालबालिका तथा बृद्धबृद्धामा मुटुरोगको धेरै जोखिम हुने भएकाले खानपान लगायतका कुरामा ध्यान दिन चिकित्सकको सुझाव छ। चिसो मौसम मुटुरोगीका लागि किन जोखिमपूर्ण हुन्छ ? कस्ता व्यक्तिमा मुटुरोगको जोखिम धेरै हुन्छ ? मुटुमा समस्या हुँदा कसरी थाहा पाउने ? मुटुमा समस्या हुँदा लक्षण कस्ता देखिन्छन् ? बच्नका लागि के गर्ने ? यिनै विषयमा ह्याम्स अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा. मुकुन्द शर्मासँग गरिएको कुराकानी :

चिसो मौसम मुटुरोगीका लागि किन जोखिमपूर्ण हुन्छ ?
हाम्रो शरीरमा भएका नसा गर्मी महिनाको तुलनामा चिसो मौसममा साँघुरिन्छन्। पहिले नै मुटुसम्बन्धी रोग भएर औषधी खाइरहेका बिरामी र जोखिममा रहेका व्यक्तिमा चिसो मौसममा यो रोगले बढी च्याप्ने गर्दछ।

जस्तै उच्च रक्तचापको औषधी खाइरहेका बिरामीमा नसा च्यापिएर झन् रक्तचाप बढ्ने, खाइरहेको औषधीको मात्रा नपुग्ने, मुटुको धमनी सानो भएका मानिसमा चिसो मौसममा झन् साँघुरीने, ब्रेन स्ट्रोक हुने, मस्तिष्कमा रक्तश्राव हुने लगायतका समस्या देखिने गर्दछन्। यी सबै समस्या नसा खुम्चिएरै हुने गरेको पाइन्छ।

कस्ता व्यक्तिमा मुटुरोगको जोखिम धेरै हुन्छ ?
कुनै पनि व्यक्तिको व्यक्तिगत आनीबानी जस्तै खानपान धुम्रपान तथा मद्यपान गर्ने व्यक्तिमा यसको जोखिम धेरै हुन्छ। वर्तमान परिवेशमा ठुलो जमातमा युवा सानै उमेरदेखि मद्यपान तथा धुम्रपानको लतमा छन्। यो एउटा जोखिमको मुख्य कारक मानिएको छ। उमेर बढ्दै जाँदा उच्च रक्तचापको सम्भावना बढेर जान्छ। अर्को वंशाणुगत कारण जस्तै अघिल्लो पुस्तामा कसैलाई मुटुरोग छ भने पछिल्लो पुस्तामा पनि यसको जोखिम रहन्छ। त्यस्तै सुगर (मधुमेह), प्रेसर (उच्च रक्तचाप), कोलेस्ट्रोल, मोटोपन भएका व्यक्ति तथा शारीरिक क्रियाकलाप कम गर्ने र खानपानमा ध्यान नदिने व्यक्तिमा मुटुरोगको जोखिम धेरै हुने गर्दछ।

मुटु रोगीको दुई समूह हुन्छ। आफैले मेहनत गरेर आफ्नो हातमा भएकाको समूह एउटा हुन्छ र अर्को केही गर्न नसक्ने समूह हुन्छ। जस्तै आफूले गर्नसक्ने भनेको व्यक्तिगत आनीबानी खनपानमा ध्यान दिने, नियमित शारीरिक क्रियाकलाप गर्ने, तौल घटाउने, रक्तचाप नियन्त्रणमा राख्ने, लगायतका कुरामा ध्यान दियो भने आधाभन्दा धेरै जोखिम घटाउन सकिन्छ।

वंशाणुगत कारण लाग्ने मुटुरोगको जोखिम घटाउने कुरा आफ्नो हातमा हुँदैन। यस्तो अवस्थामा औषधी खाएर सुगर प्रेसर छ भने नियन्त्रणमा राख्ने, खानपानमा ध्यान दिनुपर्ने हुन्छ। यस्ता बिरामीले चिकित्सकको सल्लाह अनुसार आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्छ।

चिसो मौसममा रक्तचाप बढ्नुको मुख्य कारण के हो ?
यसको मुख्य कारण भनेको नसा खुम्चिनु नै हो। हाम्रो शरीरका नसा खुम्चिदा मुटुलाई धेरै भारपर्छ र रक्तचाप बढ्छ। त्यस्तै चिसो मौसममा खानपान धेरै हुने र शारीरिक क्रियाकलाप कम हुने भएकाले चिसो मौसममा रक्तचाप बढ्छ। त्यसैले अस्पतालमा पनि गर्मी महिनामा भन्दा जाडो महिनामा उच्च रक्तचापका बिरामी धेरै आउने गर्दछन्।

जाडोमा मुटुरोगको जोखिम कुन उमेरमा बढी हुने गर्दछ ?
हाम्रो शरीरको तापक्रम ३५ डिग्री सेल्सियस अथवा ९५ डिग्री फरेनहाइट भन्दा तल भयो भने हाम्रो शरीरमा जुन इनर्जी प्राप्त हुन्छ त्यसले हामीलाई आवश्यक पर्ने सेलहरु बनाउन सक्दैन। त्यसैले कम्तिमा पनि हाम्रो शरीरको तापक्रममा ख्याल गर्नुपर्छ। यो भन्दा कम भएपछि शरीरले आफूलाई चाहिने इनर्जी लिन सक्दैन जसको जोखिममा बालबालिका र वृद्धवृद्धा पर्ने गर्दछन्। यस्तो अवस्थामा बिरामीको मृत्यु हुनसक्ने सम्भावना हुन्छ।

चिसोले कठ्यांग्रिएर बालबालिका तथा वृद्धवृद्धाको मृत्यु भएका घटना हामीले चिसो मौसममा प्राय सुन्ने गर्दछौं। यसको कारण भनेको चिसोका कारण शरीरको तापक्रम कम हुँदै जाँदा शरीरका अन्य अंग जस्तै मस्तिष्कका सेल पनि मर्दै जान्छन् र सोच्ने शक्ति हुँदैन मुटुका सेल मर्छन्। त्यसैले बिरामीको मृत्यु हुने गर्दछ।

मुटुमा समस्या हुँदा कसरी थाहा पाउने ? लक्षण कस्ता देखिन्छन् ?
मुटुमा विभिन्न प्रकारका समस्या हुनसक्छन्। त्यसमध्ये पहिलो समस्या उच्च रक्तचाप हो। उच्च रक्तचाप हुँदा टाउको दुख्ने, रिंगटा लाग्ने जस्ता लक्षण धेरैलाई देखिए पनि कतिपय बिरामीलाई नदेखिन सक्छ। त्यस्ता बिरामीलाई जोखिम अझ धेरै हुन्छ। त्यसैले उमेर बढ्दै जाँदा वा आफ्नो खानपान तथा जीवनशैली कस्तो छ त्यो अनुसार र घरमा कोही उच्च रक्तचापको बिरामी हुनुहुन्छ भने त्यस्ता व्यक्ति यसको जोखिममा धेरै हुन्छन्। त्यसैले रक्तचाप बेला बेलामा जाँच गर्नु आवश्यक हुन्छ।

हृदयघात हुनुभन्दा पहिले केही सामान्य लक्षण देखिन सक्छन्। जस्तै छाती भारी हुने, दुख्ने समस्या देखियो भने ढिलो नगरी अस्पताल जानु राम्रो हुन्छ। हृदयघात नै भइसकेको छ भने छाती दुख्ने, पसिना आउने, बेहोस हुने जस्ता लक्षण देखिन्छन्।

पछिल्लो समय उच्च रक्तचापकै कारण धेरैले मिर्गौला गुमाएको पाइन्छ यसको जोखिम पनि चिसो मौसममा धेरै हुने हो ?
उच्च रक्तचाप आफैमा एउटा रोग नभई यसले अन्य रोगको जोखिम बढाउने काम गर्दछ। मिर्गौला मात्रै नभएर यसले हाम्रो शरीरमा भएका महत्वपूर्ण अंगमा क्षति पुर्याउँछ। हामीलाई सामान्य लाग्ने माथीको प्रेसर १४० र तलको ९० मात्रै हुँदा पनि विस्तारै मिर्गौला बिगार्छ। त्यो भन्दा धेरै भयो भने अझ छिटो बिगार्छ।

त्यस्तै मुटुको मासु बाक्लो भएर मुटुको कोठा सुन्निदै जाने, मस्तिस्कको नसाहरु फुटेर प्यारालाइसिस हुने, जस्ता समस्या निम्त्याउँछ। त्यसैले रक्तचापमाथिको ११० र तलको ७० देखि १२०/८० सम्म राख्नुपर्छ।

अहिले हामी चिसो मौसमको मध्यमा छौं। मुटुसम्बन्धी समस्या लिएर अस्पतालमा कत्तिको बिरामी आउने गर्दछन् ?
हरेक चिसो मौसममा उच्च रक्तचापको मात्रा नियन्त्रण भएन भन्ने बिरामीको संख्या धेरै नै हुने गर्दछ। यसवर्ष पनि दैनिक यस्ता बिरामी आउने गरेका छन्।

हृदयघात भएरै इमर्जेन्सीमा आउने बिरामीको संख्या पनि चिसो मौसममा धेरै हुने गरेको छ भने उच्च रक्तचापकै कारण प्यारालाइसिस भएका बिरामी पनि अस्पताल आउने गरेका छन्। नेपालमा मात्रै नभएर विश्वभर नै चिसो मौसम मुटुका बिरामीका लागि धेरै नै जोखिमपूर्ण मानिन्छ।

हृदयघात भएरै इमर्जेन्सीमा आउने बिरामीको संख्या पनि चिसो मौसममा धेरै हुने गरेको छ भने उच्च रक्तचापकै कारण प्यारालाइसिस भएका बिरामी पनि अस्पताल आउने गरेका छन्। नेपालमा मात्रै नभएर विश्वभर नै चिसो मौसम मुटुका बिरामीका लागि धेरै नै जोखिमपूर्ण मानिन्छ।

उच्च रक्तचाप जस्तै चिसो मौसममा न्युन रक्तचाप पनि हुने हो ?
हाम्रो शरीरको तापक्रम ३५ डिग्री सेल्सियस अथवा ९५ डिग्री फरेनहाईट भन्दा तल भएको अवस्थालाई न्युन रक्तचाप मानिन्छ। उच्च रक्तचापले हृदयघातको जोखिम बढाएजस्तै न्युन रक्तचापले मिर्गौलामा क्षति पुर्याउने सम्भावना हुन्छ। त्यस्तै मुटुलाई चाहिने शक्ति नमिलेपछि हाम्रो शरीरलाई चाहिने रगत नपुगेर सबै अंगमा एकैपटक क्षति पुर्याउँछ। तर उच्च रक्तचापमा जति जोखिम न्युन रक्तचापमा हुँदैन। चिसोकै कारण रक्तचाप कम भएमा शरीरलाई न्यानो बनाएर राख्ने, तातो झोलिलो खानेकुरा खान दिने लगायतका कुरामा ध्यान दिनुपर्छ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ९ : १३ बजे

वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व सङ्कलन

पर्सा – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को

मिडिया एक्सन नेपालको स्थापना दिवस, प्रदेश संयोजकहरू सम्मानित

काठमाडौं– मिडिया एक्सन नेपालले प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धतासहित आफ्नो नवौँ स्थापना

आजका समाचार : रवि दोस्रो पटक निलम्बनतिर, छविको बयानमा दोषजति रवि र जीबीलाई, एसिया कप खेलेर आए महिला टोली

प्रधानमन्त्री भन्छन्- मलाई त्रिविसँग लिनुदिनु केही छैन, शैक्षिक सुधारमा लाग्नुहोस्

छविलालको चलाखीपूर्ण बयान : गोर्खा मिडियामा जीबी रकम ल्याउँथे, रवि खर्च गर्थे

काठमाडौं- पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा पक्राउ

नाइजेरिया अपडेट : भागदौडमा मृतकको सङ्ख्या सङ्ख्या ३२ पुग्यो

लागोस – नाइजेरियाको प्रहरीले आइतबार खाना वितरण केन्द्रहरूमा भएका दुई