सकियो ‘होस्टल–३’ को छायाङ्कन, प्रदर्शन कहिले ? | Khabarhub Khabarhub

सकियो ‘होस्टल–३’ को छायाङ्कन, प्रदर्शन कहिले ?


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘होस्टेल’को तेस्रो श्रृङ्खला ‘होस्टेल–३’को छायाङ्कन पूरा भएको छ । ४९ दिनमा गत शुक्रबार फिल्मको सम्पूर्ण छायाङ्कन पूरा भएको निर्देशक सशान कँडेलले जानकारी दिए ।

यस फिल्मको प्रदर्शन पूर्वनिर्धारित मितिमा भने नहुने भएको छ । यस फिल्मको प्रदर्शन मिति फागुन १६ लाई तोकिएको थियो ।

उक्त मितिमा अन्य फिल्म पनि प्रदर्शनमा आउन भएकाले निर्माण पक्षले अर्को उपयुक्त समयको खोज्दै गरेको बुझिएको छ ।

कँडेलका अनुसार अहिले फिल्मको पोस्ट–प्रोडक्सनको काम जारी छ । अबको केही दिनै नयाँ प्रदर्शन मिति घोषणा गर्ने तयारीमा उनी छन् ।

यस फिल्ममा पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी मुख्य भूमिकामा रहेको बताइएको छ ।

फिल्मको कथा कँडेलको हो भने स्क्रिप्ट माधव शर्माले लेखेका हुन् । म्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण हुने यस फिल्मको निर्माता कर्ण कार्की र गोविन्द अधिकारी हुन् ।

होस्टेलका विगतका श्रृङ्खलाबाट नेपाली फिल्मले नयाँ स्टार पाउँदै आएको छ । यस पटक पनि नयाँ स्टारको उदय हुने फिल्म क्षेत्रमा चर्चा छ ।

नायक अनमोल केसी, स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नाजिर हुसेन, सलोन बस्नेत, प्रकृति श्रेष्ठ होस्टल श्रृङ्खलाबाटै फिल्ममा स्थापित भएका हुन् ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ३ : ५४ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस