ह्याम्स अस्पतालले गर्‍यो घाउ नबनाइ खाना नलीमा भएको रोगको सफल शल्यक्रिया | Khabarhub Khabarhub

ह्याम्स अस्पतालले गर्‍यो घाउ नबनाइ खाना नलीमा भएको रोगको सफल शल्यक्रिया


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको ह्याम्स अस्पतालले घाउ नबनाइन इण्डोस्कोपीद्वारा गरिने प्रविधिबाट खानाको नलीमा हुने रोगको सफलतापूर्वक शल्यक्रिया गरेको जनाएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अस्पतालले नेपालमा पहिलो पटक उक्त प्रविधिबाट तीन जना बिरामीको घाउ नबनाइन खानाको नलीमा हुने रोगको सफलतापूर्वक शल्यक्रिया गरेको जनाएको हो ।

विश्वभरीमा करिब १ लाख मध्ये १ जनालाई ठोस तथा तरल पदार्थ निल्नै गाह्रो हुने समस्या देखिने गरेको अस्पतालले जनाएको छ ।

यसअघि उक्त रोगको उपचार शल्यक्रियाबाट मात्रै हुने गरेकोमा अव भने घाउ नबनाइन उपचार गर्न सम्भव भएको अस्पतालका मेडिकल निर्देशक डा सविन कोइरालाले जानकारी दिए ।

खानाको नलीमा हुने रोगका कारण तौल घट्ने, खोकी लागिरहने लगाएका विभिन्न शारीरिक तथा मानसिक समस्या समेत हुने गरेको चिकित्सकहरूले जनाएका छन् ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ३ : ५५ बजे

माओवादी स्थायी समिति बैठक बस्दै, अध्यक्षको प्रस्तावमा नेताहरूले धारणा राख्दै

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक

भारतीको ब्याटिङमा जडेजाको कीर्तिमान : के-के बने रेकर्ड ?

काठमाडौं – इंग्ल्यान्डमा शृङ्खला जोगाउन सङ्घर्ष गरिरहेको भारतले ब्याटिङमा थुप्रै

यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रपति ट्रम्पविरुद्ध अभियोग लगाउने सल्लाहकारमाथि छानबिन सुरु

वाशिङ्टन – राष्ट्रपति ट्रम्पविरुद्ध दुई वटा अभियोग लगाउने कुराको नेतृत्व

जयसवालको शतक र दीपको ब्याटिङले इंग्ल्यान्डविरुद्ध भारत बलियो

काठमाडौं – भारतले इंग्ल्यान्डसँगको पाँचौँ टेस्टमा कमब्याक गर्दै जितको सम्भावना