उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा « Khabarhub

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालयको अनुगमन तथा निरीक्षण गरेको छ।

समितिका संयोजक तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल कुमार सिन्हाको नेतृत्वमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालले संयुक्त रूपमा कार्यालयको निरीक्षण गरेका हुन्।

अनुगमनका क्रममा समितिले पार्टी कार्यालयको समग्र अवस्था, सुरक्षा व्यवस्था र पछिल्लो राजनीतिक घटनाक्रमपछि सिर्जित परिस्थितिबारे जानकारी लिएको स्रोतले जनाएको छ। निरीक्षणका क्रममा एमालेका पदाधिकारीहरूसँग संक्षिप्त छलफल समेत गरिएको थियो।

उच्च स्तरीय राजनीतिक वार्ता समिति पछिल्लो समय विभिन्न राजनीतिक दलका कार्यालय र सरोकारवालासँग संवाद र अनुगमनमा सक्रिय हुँदै आएको छ। समितिले समसामयिक राजनीतिक तनाव न्यूनीकरण र सहमतिको वातावरण बनाउन यस्तो पहल गरिएको बताएको छ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  २ : ०६ बजे

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की– पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित

टोलीभित्र कुनै तनाव छैन, रोनाल्डो हाम्रा रोल मोडल हुन्: प्रशिक्षक मार्टिनेज

काठमाडौँ – पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो टोली पहिलेभन्दा

चट्याङ लागेर एक युवकको मृत्यु

झापा– झापाको गौरीगञ्जमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ

सुकुम्वासी व्यवस्थापनमा पन्छिँदै प्रधानमन्त्री

काठमाडाैँ– काठमाडौँ महानगर प्रमुखको कार्यकालमा नै वालेन्द्र शाहले २०८२ साउन

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल