देशको अर्थतन्त्रमा स्थानीय मेला महोत्सवको योगदान महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह | Khabarhub Khabarhub

देशको अर्थतन्त्रमा स्थानीय मेला महोत्सवको योगदान महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले स्थानीय मेला महोत्सवमा अर्थतन्त्रमा टेवा पुग्ने बताएका छन् ।

आइतबार पोखरामा आयोजित भदौरे पञ्चासे कोदो महोत्सव तथा ल्होसार मेलाको समापन समारोहमा सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले स्थानीय मेला महोत्सवले अर्थतन्त्रमा टेवा पुर्‍याउने बताएका हुन् । उनले मेला महोत्सवले स्थानीय उत्पादन प्रवर्द्धन र कला संस्कृतिको संरक्षणमा मेला महोत्सवको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

‘हाम्रो गाउँ ठाउँमा जे छ त्यसलाई हामी सबै मिलेर सुखदुख बाँडेर जीवनलाई खुसी पार्नका लागि हामी लाग्नुपर्छ’ उपप्रधानमन्त्री सिंहले भने,‘ महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि आन्तरिक पर्यटक पनि पढ्छ । सकेसम्म विदेशी पाहुनालाई पनि आकर्षित गर्न सकियो भने अझ राम्रो हुन्छ ।’ स्थानीय तहमा उत्पादित वस्तुको प्रदर्शन, प्रतिभाहरूको प्रस्फुटन र आफ्ना उत्पादनको सदुपयोग गर्ने बानी बनाउन पनि महोत्सवहरू हरेक पालिकामा मनाउन सके देशको अर्थतन्त्रमा टेवा पुग्ने बताए।

त्यस्तै, उनले सरकार नागरिकको जीवन सहज बनाउनका लागि लागिरहेको पनि जानकारी गराए । ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले दिएको अधिकारहरू तीनै तहका सरकारहरूलाई दिनेगरि आवश्यक संघीय कानून बनाउनुपर्नेमा तीव्र रूपमा काम भइरहेको छ,’ उनले भने,‘ प्राप्त अधिकार संस्थागत गर्दै हरेक नेपालीको जीवन सहज बनाउनुपर्छ भन्ने जुन चाहना छ । त्यसलाई पूरा गर्न सरकार लागिरहेको छ ।’

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ४ : ०९ बजे

माओवादी स्थायी समिति बैठक स्थगित, भोलि बस्ने

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को जारी स्थायी समिति बैठक

प्रधानमन्त्री ओलीले भने- कम्युनिस्ट पार्टीमा अस्थिरता असाध्यै धेरै भो, खेलोफड्को भइराखेको छ

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट

सिरहामा १०३ किलो गाँजासहित नौ जना पक्राउ

सिरहा– यहाँको औरही गाउँपालिका–४ कमलपुरबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित नौ

‘माधव नेपालले आदेश दिनासाथ पार्टी किन छाड्ने ?’

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले

प्रधानमन्त्रीद्वारा तुर्कमेनिस्तान भ्रमणबारे राष्ट्रपतिलाई जानकारी

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका