टर्कीमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु « Khabarhub

टर्कीमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

अङ्कारा– टर्कीको दक्षिणपश्चिमी भागमा रहेको एक अस्पतालमा आइतबार हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रान्तीय गभर्नरले बताएका छन् ।

मुग्ला प्रान्तका गभर्नर इद्रिस अकबियिकले भने, ‘उडान भर्ने क्रममा अस्पतालको चौथो तल्लामा ठोक्किएर हेलिकप्टर भुईँमा खसेको र दुर्घटनामा दुई पाइलट, एक चिकित्सक र एक कर्मचारीको मृत्यु भएको छ ।’

‘बाक्लो हुस्सु लागेको थियो’, अकबियिकले भने, ‘अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन्।’

एनटिभी टेलिभिजन च्यानलले प्रसारण गरेको तस्बिरमा देखाइएझैं मुग्लाको अस्पतालको छतबाट उडान गरी अन्टाल्या शहरतर्फ जाँदै गरेको हेलिकप्टर उडानका लागि उपयुक्त भिजिभिलिटीको कारण दुर्घटना भएको देखिन्छ ।

टर्कीका सञ्चार माध्यमका अनुसार हेलिकप्टर उडेको केही मिनेटपछि कुहिरोमा डुबेको र त्यसपछि अस्पतालको छेउमा रहेको खाली खेतमा खसेको थियो ।

टर्कीको दक्षिणपश्चिमी इस्पार्टा प्रान्तमा सेनाको प्रशिक्षण अभ्यासका क्रममा दुई हेलिकप्टर एक आपसमा ठोक्किँदा छ सैनिकको मृत्यु भएको दुई साता नबित्दै उक्त दुर्घटना भएको हो ।

त्यति बेला रक्षा मन्त्रालयले हेलिकप्टर दुर्घटनाको कारण खुलाएको थिएन ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ४ : २९ बजे

गृहमन्त्री गुरूङ भन्छन् : ओली-लेखकलाई पक्रियौँ, अब देशले नयाँ दिशा लिन्छ

काठमाडौं– गृहमन्त्री सुधन गुरूङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान

पूर्वप्रधानमन्त्री ओली पक्राउ

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले

यस्तो छ केपी शर्मा ओलीविरुद्धको पक्राउ जरुरी पुर्जी

भक्तपुर- पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको

पूर्वप्रधानमनत्री ओलीको निवास भक्तपुरमा ठूलो संख्यामा प्रहरी परिचालन, पक्राउ गर्ने तयारी

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर गुण्डुस्थित निवासमा ठूलो संख्यामा

रमेश लेखक पक्राउ, केपी ओलीको पनि घर घेर्यो प्रहरीले

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश