टर्कीमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु « Khabarhub

टर्कीमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

अङ्कारा– टर्कीको दक्षिणपश्चिमी भागमा रहेको एक अस्पतालमा आइतबार हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रान्तीय गभर्नरले बताएका छन् ।

मुग्ला प्रान्तका गभर्नर इद्रिस अकबियिकले भने, ‘उडान भर्ने क्रममा अस्पतालको चौथो तल्लामा ठोक्किएर हेलिकप्टर भुईँमा खसेको र दुर्घटनामा दुई पाइलट, एक चिकित्सक र एक कर्मचारीको मृत्यु भएको छ ।’

‘बाक्लो हुस्सु लागेको थियो’, अकबियिकले भने, ‘अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन्।’

एनटिभी टेलिभिजन च्यानलले प्रसारण गरेको तस्बिरमा देखाइएझैं मुग्लाको अस्पतालको छतबाट उडान गरी अन्टाल्या शहरतर्फ जाँदै गरेको हेलिकप्टर उडानका लागि उपयुक्त भिजिभिलिटीको कारण दुर्घटना भएको देखिन्छ ।

टर्कीका सञ्चार माध्यमका अनुसार हेलिकप्टर उडेको केही मिनेटपछि कुहिरोमा डुबेको र त्यसपछि अस्पतालको छेउमा रहेको खाली खेतमा खसेको थियो ।

टर्कीको दक्षिणपश्चिमी इस्पार्टा प्रान्तमा सेनाको प्रशिक्षण अभ्यासका क्रममा दुई हेलिकप्टर एक आपसमा ठोक्किँदा छ सैनिकको मृत्यु भएको दुई साता नबित्दै उक्त दुर्घटना भएको हो ।

त्यति बेला रक्षा मन्त्रालयले हेलिकप्टर दुर्घटनाको कारण खुलाएको थिएन ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ४ : २९ बजे

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा