रविले कहाँबाट ल्याएका थिए २७ करोड ८९ लाख रुपैयाँ ? | Khabarhub Khabarhub

रविले कहाँबाट ल्याएका थिए २७ करोड ८९ लाख रुपैयाँ ?


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएको छ।

आइतबार सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालतमा दायर गरेको मुद्दामा रविसँग २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ अवैध रुपमा आर्जन गरेको भेटिएको उल्लेख गरिएको छ ।

सरकारी वकिलले उक्त रकम रविले गैरकानुनी रुपले कमाएकाले त्यतिका रकम बिगो दाबी गर्दै मुद्दा चलाइएको हो ।

पूर्वगृहमन्त्री लामिछाने गोर्खा मिडिया नेट्वर्कमा कार्यरत रहँदा उक्त परिमाणको सबै रकम गितेन्द्रबाबु राई अध्यक्ष रहेको सूर्यदर्शनबाटै भित्र्याएको खुलेको छ ।

उता रविका साझेदार पूर्वडीआईजी छविलाल जोशीले ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा अवैध रुपमा आर्जन गरेको ठहरसहित सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले रविसहित ४४ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गरेको बताइन्। जसमा सम्पत्ति शुद्धीकरणको मुद्दा ४ जनालाई लगाइएको छ।

रविकहाँ पुगेको सबै रकम सहकारीको ?

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गितेन्द्रबाबु राईको खाताबाट रवि लामिछानेको ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको ७५ लाख रुपैयाँ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट रवि लामिछानेको नाममा पेश्की जनाई गोर्खा मिडियामा भुक्तान भएको रकम ५० लाख रुपैयाँ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट रवि लामिछेकोको नामबाट गोर्खा मिडियालाई चेकमार्फत भएको भुक्तानी भएको ५० लाख रुपैयाँ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारीसमेतको रकम अपचलन गरी गोर्खा मिडिया नेटवर्क प्रालिमा रकम रकमान्तर भई रवि शेयर धनी तथा प्रबन्ध निर्देशक भएको समयावधिमा आएको २६ करोड १४ लाख ४४ हजार ७०५ रुपैयाँसहित जम्मा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ५ : २१ बजे

हालको अवस्थामा चुनावको विकल्प छैन : हितबहादुर तामाङ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री

कर्णाली प्रदेशसभा भवन पुनर्निर्माण गर्न मुख्यमन्त्रीको निर्देशन

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशसभा भवन पुनर्निर्माण

चीनसँग गरिने सम्झौताका लागि ताइवानको साथ छाडिन्न : विदेशमन्त्री रुबियो

जेरुसलेम- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चीनसँग गरिने सम्झौताका लागि ताइवानको

सरकार, राजनीतिक दल र ‘जेन-जी’ प्रतिनिधिबीच छलफल हुँदै

काठमाडौं– निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल