यूरोपको पीआरप्रति पियार र यथार्थ ! | Khabarhub Khabarhub

परदेश

यूरोपको पीआरप्रति पियार र यथार्थ !



यूरोप महादेश भित्रका अति विकसित र विकसित देशहरू मिलेर आर्थिक एवम् राजनीतिक सङ्घ स्थापना गरेका छन् । जसलाई छोटकरीमा ईयू भनिन्छ । जसको विस्तारित रूप यूरोपेली सङ्घ हो ।

यूरोप कुनै देश होइन । अन्य ६ महादेशजस्तै यूरोप पनि एउटा महादेश हो । हाल युनियनभित्र २७ देश आवद्ध छन् । यी देशहरूको एउटा शक्तिशाली साझा संसद् (पार्लियामेन्ट) छ, जसलाई यूरोपियन पार्लियामेन्ट भनिन्छ । सबै देशहरूको आ–आफ्नो स्वायत्त सरकार र कानूनहरू भए पनि ती सबै सरकार र कानूनहरू यूरोपेली संसद्को अधीनमा रहेर चल्नुपर्छ ।

दोस्रो विश्वयुद्धमा यूरोपका अधिकांश देशहरूले ठूलो क्षति व्यहोरेपछि ओरालो लागेको महादेशकै अर्थतन्त्र जोगाउन वा माथि उठाउन यूरोपेली राजनेताहरूले यूरोपेली सङ्घको अवधारणा ल्याएका थिए । यसरी बुझौँ – हाम्रो देशमा नेपाल सरकार भनेको यूरोपियन पार्लियामेन्ट हो । युनियनभित्र रहेका देश प्रदेश सरकार हुन् । यी देशबीच कर छुट लगायत धेरै समझदारी छन् । जसरी जुम्लाको स्याउ काठमाडौ आउँदा ट्याक्स लाग्दैन ।

यूरोपेली सङ्घ (ईयू) मा अष्ट्रिया, बेल्जियम, बुल्गेरिया, क्रोसिया, साइप्रस, चेक रिपब्लिक, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, हङ्गेरी, आयरल्यान्ड, इटाली, लाटभिया, लिथुआनिया, लक्जेम्बर्ग, माल्टा, नेदरल्यान्ड, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभिकिया, स्पेन र स्वीडेन आवद्ध छन् । यूरोपेली देशभित्र कूटनीतिक, बिजनेस वा भिजिट भिसाबाहक बाहेक अन्य भिसालाई विशेष अवस्थामा बाहेक अन्य सामान्य अवस्थामा ओहोरदोहोरका लागि अनुमतिको सुविधा छैन । जान वा पुग्न त हामी नेपालीहरू पानामाको जङ्गल छिचोलेर मेक्सिकोको पर्खाल नाघ्दै अमेरिका पनि पुगेकै छौँ ।

यूरोपेली सङ्घभित्र हुने आर्थिक एवम् राजनीतिक गतिविधिहरूलाई तेस्रो विश्वमा भइरहेका गतिविधि भनेर पनि बुझिन्छ । युनियन भित्रको कुनै एक देशको नागरिकलाई युनियन भित्रका अन्य देशमा ओहोरदोहोर वा घुमघाम गर्न भिसा जरुरी पर्दैन । यात्रा गर्ने टिकटमात्र भए पुग्छ ।
ईयू भित्रका आधादर्जन जति देशका नागरिकहरूलाई विश्वका करिब १८०/१९० देशहरूमा जान वा घुम्नका लागि यात्राको टिकटमात्र भए सम्बन्धित देशको अध्यागमनले प्रवेशद्वारमै अन–अराइभल भिसा दिन्छन् ।

यूरोपमा हाल हवाई एवम् स्थल यातायातमा निकै कडाइ भएको छ । केही समय अघिसम्म पोर्चुगलले निकै सहजताका साथ काम गरी सबै कागजी प्रक्रिया र मापदण्डहरू पूरा भएपछि अस्थायी,सम्पूर्ण मापदण्ड पूरा भएपछि स्थायी नागरिकता (पीआर) दिन्थ्यो । तर, केही महिना अघिदेखि सो प्रक्रिया बन्द भइसकेको छ  

यूरोपेली सङ्घभित्रका मुलुकुमा बढी आम्दानी हुने अवसर छोप्न र आश्रय लिन जस्तोसुकै जोखिम मोलेर भए पनि जाने क्रम चल्ने गरेको छ । विशेषगरी अफ्रिकी र द्वन्द्वग्रस्त मध्यपूर्वी एसियाका नागरिकले यूरोप छिर्न ज्यान नै जोखिममा पार्ने गरेका छन् । यस्तो क्रम ह्वात्तै बढेपछि गत वर्ष सिङ्गो यूरोपले भयानक शरणार्थी आप्रवासन समस्या भोग्नुपर्ने चेतावनी दिइएको थिइयो ।

सोहीकारण यूरोपमा हाल हवाई एवम् स्थल यातायातमा निकै कडाइ भएको छ । केही समय अघिसम्म पोर्चुगलले निकै सहजताका साथ काम गरी सबै कागजी प्रक्रिया र मापदण्डहरू पूरा भएपछि अस्थायी,सम्पूर्ण मापदण्ड पूरा भएपछि स्थायी नागरिकता (पीआर) दिन्थ्यो । तर, केही महिना अघिदेखि सो प्रक्रिया बन्द भइसकेको छ ।

बिजनेस वा पर्यटक भिसामा आएपछि भिसाको म्याद हुञ्जेलमात्र पोर्चुगलमा बस्न वा युनियनभित्र ओहरदोहार गर्न पाइन्छ । अन्यथा सम्बन्धित देशबाट मात्र होइन, महादेशबाटै निकाला हुनुपर्छ । अहिले ईयूको कुनै नागरिकसँग विवाह गरेर बाहेक अन्य कुनै तरिकाले यूरोपेली सङ्घभित्र स्थायी बसोबास गर्न पाइँदैन ।

यूरोप भनेको एउटा महादेशको नाम हो । जसरी हाम्रो देश नेपाल एसिया महादेशमा पर्छ । यूरोपेली सङ्घ भनेको चाहिँ एसियामा भएका आठ वटा देशहरूको संगठन सार्क जस्तै–जस्तै हो ।

यूरो जोन्स :

यूरो जोनभित्र यूरोप महादेशका २० वटा राष्ट्र पर्छन् । जसमा यूरोप महादेशभित्र पर्ने, तर यूरोपेली सङ्घमा नपर्ने केही देशहरू पनि आबद्ध छन् ।
यूरोपेली नेताहरूले यो विशुद्ध आर्थिक मामिलाको लागि मात्र गठन गरेका थिए ।

यूरो जोनभित्र ‘यूरो’ मुद्रालाई अनिवार्य पहिलो मान्यता दिने देशमात्र आबद्ध छन् । यी २० वटा देशहरूको मुख्य मुद्रा नै यूरो हो । यूरो मुद्रा यूरोपका सबै देशहरूमा सहजै चल्दछ ।

यी देशबीच कर छुट हुन्छ । व्यापार एवम् पर्यटनका लागि सीमाहरू खुला छन् । यूरो जोनमा आबद्ध २० देशहरू अष्ट्रिया, बेल्जियम, क्रोयशिया, साइप्रस, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, आयरल्यान्ड, इटाली, लाटभिया, लिथुआनिया, लक्जेम्बर्ग, माल्टा, नेदरल्यान्ड, पोर्चुगल, स्लोभाकिया, स्लिवेनिया र स्पेन हुन् ।

सेञ्जेन :

लक्जेम्बर्गको दक्षिण पूर्वमा लोकल वाइन बनाउने एउटा विख्यात गाउँको नाम सेञ्जेन हो । यूरोपेली सङ्घका नेताहरूले सोही विख्यात गाउँको नामबाट सेञ्जेन नामाकरण गरेका थिए ।

विशेषगरी यूरोपभित्र घुम्न आउने पर्यटकहरूको सहजता र यूरोपको आर्थिक गतिविधिलाई चलायमान बनाउने हेतुले सेञ्जेन स्थापना गरेका थिए । सेञ्जेनभित्र ईयूमा आबद्ध नभएका देशहरू पनि आबद्ध छन् । जस्तो, स्विजरल्यान्ड र नर्वे ।

सामान्य कामदार भिसामा तपाईं सेञ्जेन, युनियन वा यूरोजनको कुनै एउटा देशमा आइसकेपछि पनिसहजै आफ्नो अनुकूलता अनुसार चलायमान हुन सक्नुहुन्न । आएको देशमा निश्चित समय बसेर आवश्यक मापदण्ड पूरा भएपछि मिल्ने अवसरहरू दोस्रो कुरा हो  

पर्यटक, बिजनेस वा भिजिट भिषामा सेञ्जेन भित्रको कुनै एउटा देशमा आएको पर्यटक वा व्यापारीलाई सेञ्जेनकै अर्को देशमा जान वा घुम्नका लागि भिषाको जरुरी पर्दैन । मात्र यात्राको लागि हवाई, जल वा स्थल यातायातको टिकट भए पुग्छ ।

सेञ्जेनमा आबद्ध २९ देशहरू अस्ट्रीया, बुल्गेरिया, बेल्जियम, चेक रिपब्लिक, क्रोयसिया, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, हंगेरी, आइसल्यान्ड, इटाली, लाटभिया, लिक्टेन्सटाइन, लक्जेम्बर्ग, माल्टा, नेदरल्यान्ड, नर्वे, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभकिया, स्लिभेनिया, स्पेन, स्विडेन, स्वीट्जरल्यान्ड र लाटभिया हुन् ।

नेपालमा बेरोजगारी समस्या विकराल छ । दलालहरूले यूरोप महादेशको कुनै एउटा देशको, त्यो पनि ईयू र यूरोजोन वा सेञ्जेन बाहिरको देशमा सामान्य कामदार भिषा लगाइदिएर यूरोपको भिषा भन्दै प्रतियुवा न्यूनतम १५–२० लाख रुपैयाँ उठाइरहेका छन् । युवाहरू पनि यूरोप जान पाउने भनेपछि खुशीसाथ २०–२२ लाख रुपैयाँ तिरेर आइरहेका छन् ।

सामान्य कामदार भिसामा तपाईं सेञ्जेन, युनियन वा यूरोजनको कुनै एउटा देशमा आइसकेपछि पनिसहजै आफ्नो अनुकूलता अनुसार चलायमान हुन सक्नुहुन्न । आएको देशमा निश्चित समय बसेर आवश्यक मापदण्ड पूरा भएपछि मिल्ने अवसरहरू दोस्रो कुरा हो । अमेरिका भनेर तपाईं उत्तर अमेरिका महादेशको संयुक्त राज्य अमेरिका जानुहुन्छ । सोही महादेशको मेक्सिको, पानामा, ग्वाटेमाला, क्यूबा र हाइटी लगायत अन्य धेरै देशहरू पनि अमेरिकी महादेशमै पर्छन् । धेरै देशहरूको मुद्रालाई पनि डलर नै भनिन्छ ।

साथीहरू ! ‘दाहाल’ थरका सबै पुष्पकमल दाहालका छोराछोरी तथा ‘शाह’ थरका सबै ज्ञानेन्द्र शाहको छोराछोरी होइनन् । विशाल ब्रह्माण्डमा रहेको हाम्रो पृथ्वी पनि भयङ्कर ठूलो छ । विज्ञान र प्रविधिका कारण सिङ्गो विश्व एउटा गाउँजस्तै लाग्छ । तर, वास्तविकता त्यो होइन । हरेक गाउँका आ–आफ्ना नियम संस्कार, रहनसहन र क्षेत्र छन् ।

अरू देश निर्माणका लागि आवश्यक श्रमिक जन्माइदिने देश हो । वर्तमान अवस्थामा हाम्रो देशभित्र मध्यम वा निम्न वर्गको परिवारभित्र बच्चा जन्मिनु भनेकै विदेश आउनका लागि नयाँ उम्मेदवार जन्मिएजस्तै हुन्छ । यो घोर विडम्बनायुक्त अवस्था हो  

तुलनात्मक रूपमा एसिया महादेशभन्दा यूरोप र अमेरिका महादेश निकै विकसित छन् । तर यी महादेश भित्रका केहि देशहरूको उच्च सम्पन्नता र विकासले गर्दा सिङ्गो महादेश विख्यात छन् । हाम्रो एसिया महादेशमा जापान, सिङ्गापुर र दक्षिण कोरियाजस्ता देशहरू यूरोप–अमेरिकी देशहरूकै हाराहारीमा छन् । तर, सामाजिक सुरक्षाको मामिलामा भने यूरोप र अमेरिकाका सम्पन्न राष्ट्रहरू २२औँ शताब्दीमा पुगिसकेको आभास हुन्छ ।

यूरोप र अमेरिका भनिदिने हो भने साथीहरू भारतको जम्मु–काश्मिरमा पनि जान तयार हुन्छन् । यसको पहिलो कारण, यूरोप महादेशमा रहेको यूरोपेली सङ्घबारे साथीहरूसँग अति आधारभूत ज्ञानसमेत नहुनु हो ।

दोस्रो – सामान्य कामदार भिसामा सेञ्जेन, युनियन वा यूरोजोनको कुनै एउटा देशमा पुगेपछि अर्को अनुकूलित वा धेरै पैसा कमाउन सकिने देशमा सहजै स्थानान्तरण भएर, त्यहाँ सहजै पीआर बनाएर आफ्नो र परिवारको भविष्य सुनिश्चित गर्न सकिन्छ भन्ने भ्रम वा अज्ञानता हो ।

तेस्रो कारण हाम्रो देश नेपालमा विद्यमान चरम गरिबी र बेरोजगारीको पराकाष्ठा नै हो । यसर्थ, आफू जहाँ हुनुहुन्छ अनि आफुसङ्ग जे छ – त्यसैमा खुशी हुन सिक्नुहोस् । महत्वाकाङ्क्षी त हुनुहोस् । तर, उच्च महत्वाकाङ्क्षाले निकै दुःख दिनसक्छ । मर्म, महत्व र मापदण्ड नबुझेर राखिएको महत्वाकाङ्क्षाले दुई दिनको जिन्दगी, दुई दिन नै रोएर बिताउनुपर्ने बनाइदिन्छ ।

सामाजिक सञ्जाल फेसबुक हेर्दा यूरोप भनेर अनावश्यक लोभ र आकर्षणहरू देखाइ दलालले गरीबका छोराछोरीबाट प्रतिव्यक्ति न्यूनतम १५–२० लाख रुपैयाँ उठाएर यूरोप महादेशको कुनै एउटा देशमा पठाइरहेको देखिन्छ ।

आउने व्यक्तिलाई देशको नाम सायद थाहै हुँदैन । तर, उसलाई यूरोप भन्ने चाहिँ कण्ठै हुन्छ । वर्तमान अवस्थामा हाम्रो देशभित्र मध्यम वा निम्न वर्गको परिवारभित्र बच्चा जन्मिनु भनेकै विदेश आउनका लागि नयाँ उम्मेदवार जन्मिएजस्तै हुन्छ । यो घोर विडम्बनायुक्त अवस्था हो ।

अरू देश निर्माणका लागि आवश्यक श्रमिक जन्माइदिने देश हो । पुनश्चः वैदेशिक रोजगारमा आउने साथीहरू यूरोप र अमेरिका भनेर दलालहरूको झुठो कुरामा नफसुन् भन्ने हेतुले मैले यो लेखेको हुँ ।

हुन त ज्ञान र चेतनाले मानिसको यात्रा निर्धारण गर्दछ । मेरो कुरा र नियतमा सत्यता देख्नुहुन्छ भने साथीभाइ, आफन्त र समुदायमा सूचित गर्नुहोला ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  ४ : ०६ बजे

पत्रकार महासङ्घको निर्वाचन : शनिबार ११ बजेसम्म दाबी विरोध गर्न सकिने

काठमाडौं – नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि अध्यक्ष पदमा पाँच

मकवानपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

बागमती – काठमाडौं–तराई मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडकखण्डअन्तर्गत मकवानपुरको बकैया

एमाले सचिवालय बैठक मङ्गलबार बस्ने

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय सचिवालय बैठक

बुद्ध एयरले थप्यो १९ औँ एटिआर विमान

काठमाडौं – निजी क्षेत्रको हवाई कम्पनी बुद्ध एयरले १९ औँ

बढी धान उत्पादन गर्ने तीन किसान पुरस्कृत

दाङ – राप्ती गाउँपालिकाले पालिकामा सबैभन्दा बढी धान उत्पादन गर्ने