आहा रारा गोल्डकप आजदेखि, उद्घाटन खेलमा थ्री स्टार र सहारा भिड्ने « Khabarhub

आहा रारा गोल्डकप आजदेखि, उद्घाटन खेलमा थ्री स्टार र सहारा भिड्ने


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २३औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता आजबाट पोखरामा सुरु हुँदैछ ।

उद्घाटन खेलमा सहिद स्मारक ए डिभिजन लिग टोली थ्री स्टार क्लब र आयोजक सहारा क्लबबीच प्रतिस्पर्धा हुँदैछ। यी दुई टोलीबीचको यो तेस्रो भेट हो ।

यसअघि २०६३ को संस्करणमा थ्रीस्टारले सहारालाई सेमिफाइनलमा ३–० गोलले हराएको थियो भने २०६९ को फाइनलमा थ्री स्टार १–० गोलले विजयी भएको थियो ।

अहिलेसम्म थ्री स्टारले पाँच पटक र सहाराले एकपटक गोल्डकपको उपाधि जितेको छ । प्रतियोगितामा ८ ‘ए’ डिभिजन, एक विदेशीसहित १२ टोलीको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । सहभागी टोलीले हरेक खेलमा प्रोत्साहन रकम समेत पाउनेछन्।

यस्तै, प्रिक्वाटरफाइनल खेल्ने दुवै टोलीले २० हजार, क्वाटरफाइनल खेल्ने टोलीले ३० हजार तथा सेमिफाइनल खेल्ने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । फाइनल खेल माघ २० गते हुनेछ ।

 

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ११ : ५२ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल