कर्णालीमा १४ लाख भेडाबाख्रामा पिपिआर खोप अभियान « Khabarhub

कर्णालीमा १४ लाख भेडाबाख्रामा पिपिआर खोप अभियान


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

कर्णाली – कर्णाली प्रदेशअन्तर्गत १० जिल्लाका १४ लाख ३९ भेडाबाख्रालाई पिपिआर खोप लगाउने अभियानको शुभारम्भ गरिएको छ ।

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले बराहताल गाउँपालिका–८ सुर्खेतस्थित कुमीकोटमा आज खोपकर्ता (भ्याक्सिनेटर)लाई खोप र भाइल दिएर अभियानको शुभारम्भ गरे ।

मन्त्री शर्माले भेडाबाख्राको रोग प्रतिरोधात्मक क्षमता बढाउन र किसानको व्यवसाय संरक्षण गरी उनीहरुको आयआर्जन सुनिश्चित गराउन अभियान थालिएको बताए । “कर्णालीबाट निर्यात हुने खसीबोकाबाट यो प्रदेश आत्मनिर्भर छ”, उनले भने, “सुर्खेत, दैलेख र सल्यानबाट खसीबोका निर्यात हुने गर्दछ ।”

सन् २०३० सम्ममा भेडाबाख्रामा लाग्ने महामारी रोगको उन्मूलन गर्न तथा पशुधनलाई सुरक्षित गरी किसानको जीवनस्तर उकास्न सरकार लागि परेको मन्त्री शर्माको भनाइ थियो ।

प्रदेशस्थित पशुपन्छी विकास निर्देशनालयका निमित्त निर्देशक कृष्णप्रसाद पंगेनीले भेडाबाख्रामा यो सङ्क्रामक रोग महामारीका रुपमा नै रहेकाले त्यसबाट बचाउन अभियानको शुभारम्भ गरिएको बताउनुभयो । उहाँका अनुसार सुर्खेतमा मात्र तीन लाख भेडाबाख्रा छन् । कर्णालीभरि करिब १४ लाख ५० हजार बढी भेडाबाख्रा भएकाले सङ्घीय सरकारको सहयोगमा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामार्फत पर्याप्त मात्रामा खोप उपलब्ध भइसकेको छ ।

निर्देशक पंगेनीले भने, “जाजरकोट, रुकुमपश्चिम, सल्यान, सुर्खेत र दैलेखमा पहिलो चरणमा माघमा र कालीकोट, जुम्ला, डोल्पा, मुगु तथा हुम्लामा चैतदेखि पिपिआर खोप लगाउँछौँ । यो खोप भेडाबाख्रामा एक पटक लगाइयो भने तीन वर्षसम्म सङ्क्रमण हुदैन । खोप नलगाएका पशुमा सङ्क्रमण भएमा ५० देखि ९० प्रतिशत मृत्यु हने सम्भावना रहन्छ ।” उहाँका अनुसार प्रत्येक पालिकाको पशु शाखामार्फत नियुक्त भएका भ्याक्सिनेटरले खोरमा पुगेर खोप लगाउने छन् ।

बराहताल–८ जयुपुरका बाख्रापालक कृषक जीतबहादुर शाहीले एक सय ६३ बाख्रा पालेको बताउँदै प्रति बाख्रा न्यूनतम रु १६ हजारदेखि अधिकतम् रु ४५ हजारसम्ममा बिक्री हुने गरेको जानकारी दिए । उनले सिँचाइ र घाँस उत्पादनमा सरकारले सहयोग गरे व्यवसाय अझ फस्टाउने बताए ।

सोही वडाका देवीसरा मिजारले २४ बाख्रा पालन गरेको बताउँदै केही बाख्रा थप्ने योजना रहेको जनाए । उनले भने, “यो व्यवसायबाट प्रशस्त आम्दानी भइरहेको छ । पशुमा रोग लागेर मर्ने अवस्था नआउने गरी सरकारले बेलाबेलामा यस्ता खालका अभियान सञ्चालन गरिरहनुपर्छ ।”

बराहताल कर्णालीकै सबैभन्दा बढी बाख्रापालन हुने ठाउँका रुपमा परिचित रहेको निर्देशनालयका सूचना अधिकारी मोहन गिरीले जानकारी दिए।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  १० : ४५ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल