एसियन कपबाट बाहिरियो भारत « Khabarhub

एसियन कपबाट बाहिरियो भारत


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारत एसियन कपबाट बाहिरिएको छ । मंगलबार भएको समूह ‘बी’ अन्तरगतको खेलमा सिरियासँग १–० ले पराजित हुँदै भारत प्रतियोगितबाट बाहिरिएको हो ।

सिरियाका लागि खेलको ७६ औं मिनेटमा ओमार ख्रिबिन गोल गरे । प्रतियोगितामा भारत तीन खेलमा नै पराजित भयो । तीनै खेलमा गोल गर्न नसकेको भारतको पोष्टमा विपक्षी टोलीले ६ गोल गरे ।

यस्तै समूह ‘बी’ अन्तरगतको अर्को खेलमा अष्ट्रेलिया र उज्बेकिस्तान एक एक गोलको बराबरी खेलका छन् । यो समूहबाट अष्ट्रेलियाले ३ खेलमा ७ अंकसहित नकआउटमा प्रवेश गरेको छ । त्यस्तै ३ खेलमा ५ अंक जोडेको उज्वेकिस्तान दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको छ । तेस्रो स्थानमा रहेको सिरियाको ३ अंक छ ।

एसियन कपमा हरेक समूहका शीर्ष दुई टोली सहित तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट ४ टोली पनि अन्तिम १६ मा पुग्ने समीकरण छ ।

 

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ११ : ०२ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल